तम्घासको पुतली वजारमा मध्यराति भूत देखेपछी एकजना बेहोस…

प्रेम सुनार, गुल्मी, २०७४ साउन १२ । बुढा पुरानाले भन्ने गरेको र कतिपय अहिलेका पीँढीहरुले पनि रातको समयमा देख्ने गरेको भुत–प्रेतको दृश्य गए राती सदरमुकाम तम्घास बजार भित्रै क्यामरामा कैद गरिएको छ ।

रातको सवा एक वजेको थियो । तम्घासको पुतली वजारमा अर्घाखाँची जिपपार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्डे , उनका भतिजा राजु पाण्डे र नयाँगाउँका मदन खत्री लगायतको टोली आउँदै थियो । पुतली बजारको भानु चोकमा एक्कासी सेतो वस्त्रमा धेरै बेर सम्म सेतो वस्त्रधारी भूत-प्रेत उभिई रह्यो । एक जना मदन खत्री डराएर त्यही ढले ।

हो हल्ला भयो । केहि वेरपछि त्यो दृश्य विलिन भयो ।

भर्खर विवाह भएकी महिला , माया प्रेम गर्दा गर्दै मृत्यु भएकी युवती , निकै कलेस साँध्धा साँध्दै प्राण पखेरु गुमाएकी वा सुत्केरी हुँदा हुँदै मृत्यु भएकी महिला किच्केनी बन्छन भन्न अझै पनि घाउँघरमा जनविश्वास छ ।

सेतो पहिरनमा ठुलो पेट , खुट्टा देखिन्नन् । मुहारको थोरै भाग देखिने जुन सेतो कपडा छ त्यो यहाँको मानव प्रयोगमा देखिदैन । साँच्ची कै भूत हो वा के थियो त्यो दृश्य अहिले सदरमुकाम तम्घास बजारमा कौतुहलताको विषया बनेको छ । मानिस पिच्छेका कुराहरु भैरहेका छन् । हेर्दा हेर्दै विलीन भएको त्यो दृश्यका बारेमा घरघरमा चर्चा चलिरहेछ ।

तम्घासमा २०२२ साल देखि बस्दै आईरहेका समाज सेवी ६८ वर्षिय नन्दराम भुसालका अनुसार पुतली वजारको शिवशक्ति सिनेमा हल देखि अर्घाखाँची जिपपार्क सम्म त्यति वेला सम्म मशानघाट थियो । सिस्नो, बाँस लगायत ठुलो झाडी पनि थियो ।

भुसालले भने–‘मैले स्कुल बढ्ने बेला सम्म त्यो स्थान मशानघाट थियो र ठुलो झाडी पनि थियो ।’ त्यस कारणले पनि त्यस वरवर भुत प्रेतले रातमा डराउन दिन सक्ने भएकोले रातको समयमा हिडडुल गर्दा ख्याल गर्नु पर्ने र आगो वा बेसार साथमा लिनु पर्ने बुढापाकाहरुको सुझाव छ ।

हेरौं गएराती सवा एक वजेको दृश्य

भूत- प्रेतको सम्वन्धमा मेरो कुरा

भूत –प्रेत भेटियो भेटिएन पुष्टी गर्ने आधिकारिक निकाय छैन् । जहाँ सम्म म आफैले त्यस्तै १५ १६वर्षको हुँदा राती पिसाव फेर्न वाहिर निस्केको वेला सेतो वस्त्रको मान्छेको आकृति देखेर त्रसिएका्े हुँ । आज विहानको कुरा विहान म चिया पिउन जाँदा तम्घासको पुतली वजार चोकमा धेरै मानिसहरु जम्मा भएर त्यही राती खिचिएको भनिएको तस्वीर हेरी रहेका थिए । चर्चा राती डराउन दिने भनिएको कुरा कै थियो ।

मलाई देख्न साथ उ प्रेम जी पनि आई हाल्नु भयो भनियो । मेले त्यो तस्वीर खिचेको भनिएका व्यक्ति नेत्र पाण्डेलाई सत्यता बुझ्न भनेर चिया पसलमा लगे । साँच्ची हो की होईन भनेर निकै वरे सोधें । उनले नभएको कुरा गर्छु हामी तिन जना मध्ये एक जना भुँईमा ढलेको हो समेत भने । ठिकै छ ल्याउन त फेशवुकमा समेत हालौंला भनेर तस्वीर लिएँ ।

त्यस पछि यहाँका पुराना मानिसहरु संग सोध्धै जाने क्रममा ८० को नेटो काटेका कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठको पिता मथुराप्रसाद श्रेष्ठको घरमा पुगे । उहाँ मन्दि जानु भएको छ भन्ने सुने पछि मन्दिर मैं पुंगे । मन्दिरमा उहाँलाई नभेटे पनि दर्जन भन्दा बढि पुराना तम्घासका समाज सेवीहरु बैठक बस्न लागेकै क्रमा भेटे । आज राती भुत प्रेत देखे भन्ने मान्छे र तस्वीर सहित पाएको छु मैले भनेर कुरा राखे पछि हुन सक्छ आज भन्दा साठी वर्ष अघि सम्म त्यो स्थानमा मशानघाट थियो । मैले नै जानें भनेर नन्दराम भुसाल जस्तो पुरानो समाज सेवीले भने पछि त्यो तस्वीर सहितको भनाई पोष्ट गरेको हुँ ।

यस्तो कुरा जनविस्वासमा मात्रै सिमित रहने भएकोले हामीले जनविश्वासको पनि कुरा राख्ने हो, पत्याउने नपत्याउने जिम्मा तपाईहरुको हो र सत्य हो होईन भन्ने कुरा पनि सम्वन्धितलाई मात्र थाह छ । दैविक र भुत प्रेतलाई झुट भन्ने नै हो भने चार वर्ष अघि नयाँगाउँको एक घरमा मान्छेको छायाँ सम्म देखिन्न तर ढुङ्गा वर्सेको वर्सै गरेको देख्ने र अचम्वीत हुने धेरै छन स्थानियवासी ।

केहि दिन अघि चारपाला दरवार भित्र देवत्व उत्रेकी दलित युवतीलाई पागल भन्नेहरु र झुट भन्नेहरु धेरे थिए । तर जव म गएर प्रत्यक्ष भिडियोमा लिएँ । सवैले विश्वास गरे । अहिले ति वहिनीको घरमा हेराउन आउनेहरुको ठुलो घुँईचो छ । उनले कालिमाँ वक्न थाले पछि सवै कुरा पुराउदो रहेछिन भन्ने मानिसहरु धेरै निस्केका छन् । राती वाटोमा किच्केन देखे भन्नेहरु पनि धेरै छन् । यसर्थ पुन म भन्छु विश्वास गर्ने नगर्ने जिम्मा तपाईहरुको हो । मलाई प्राप्त तस्वीर र मैले आफैले भोगेको हुँदा होला उनिहरुलाई पनि भनेर पोष्ट गरेको हुँ ।

प्रेम सुनार, गुल्मी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *