कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उत्प्रेरण तालिम सुरुवात

सुमन जि.सी, बागलुङ २०७४ साउन ११ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उत्प्रेरण तालिम मङ्गलबार देखि बागलुङ बजारमा सुरुवात भएको छ ।

संस्थामा कार्यरत पुराना तथा हालै नियूक्त कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उनीहरुमा उत्प्रेरणा जगाई संस्थाको साख र गरीमा वृद्घिमा कर्मचारीहरुलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियूक्त सेवा सञ्चालनका लागि दक्ष मानवीय श्रोतको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको छ ।

आज सम्म सञ्चालन हुने तालिममा साकोसको अवधारणा, विकास सिद्धान्त तथा मुल्यहरु, साकोसमा वित्तीय व्यवस्थापनका पक्षहरु, वार्षिक लक्ष्य तथा प्रगती प्रतिवेदन तयारी, कागजात व्यवस्थापन र जिम्मेवारी, सदस्यहरुसंगको सम्वन्ध व्यवस्थापन, सञ्चार सिप, सञ्चालक समिति र सरोकारवालाहरुको जिम्मेवारी र व्यवस्थापनका नयाँ आयमहरु लगाएतका विषयमा नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गाप्रसाद ढकाल र संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्माले सहजिकरण गर्ने संस्थाले जनाएको छ ।

नयाँ तथा पुराना गरी ३० जना कर्मचारीहरुको उपस्थिती रहेको तालिम उद्घाटन सत्र संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता , उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *