समाजसेवी नारायणदत्त उपाध्याय सापकोटाको निधनमा श्रद्धाञ्जली सभा

बागलुङ २०७४ साउन ११ । बागलुङ नगरपालिका–२ का नारायणदत्त उपाध्याय (सापकोटा)को निधनको १३ औं दिनको पुण्य तिथीमा मंगलबार रातामाटा सापकोटा कुल देवता मन्दिरले श्रद्धाञ्जली सभा गरेको छ ।

सभामा शोक मन्तव्य व्यक्त गर्दै सापकोटा कल्याण केन्द्रका केन्द्रीय सदस्य टीकाराम सापकोटाले उपाध्यायको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताउदै समाज र मानवीय सेवाको क्षेत्रमा उहाँले पु¥याएको योगदान सदा स्मरणीय रहने उल्लेख गरे ।

‘उहाँ एक परिश्रमी, लगनशील र कर्मशील व्यक्ति हुनुहुन्थ्यो’ सापकोटाले भने ‘सामाजिक काममा सँधै समर्पित भएर लाग्ने उहाँ सबैका प्रेरणाका स्रोत हुनुहुन्छ ।’ कुल मन्दिरका संरक्षक समेत रहेका उपाध्याय आफ्नो जीवनकालमा विभिन्न सामाजिक संघसंस्थामा कृयाशील थिए ।

सो अवसरमा बोल्दै मन्दिरका सदस्य प्रकाश सापकोटाले आफूहरुले अभिभावक गुमाएको प्रतिक्रिया दिए । उनले सापकोटाको निधनले सम्पूर्ण सापकोटा समाज स्तब्ध बनेको बताए ।

सापकोटाका जेठा छोरा कर्णबहादुर हमालले बुबालाई एक आदर्श व्यक्तिको रुपमा समाजले सँधै स्मरण गर्ने बताउै बुबाले सदा समाजको हितमा असल काम गर्नको लागि प्रेरित गरेको उल्लेख गरे ।

श्रद्धाञ्जली सभा मन्दिरका अध्यक्ष कबीन्द्र प्रसाद शर्मा सापकोटाको अध्यक्षता र सदस्य बैकुण्ठ प्रसाद शर्मा सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सभामा सहभागी आफन्तजनले स्वर्गीय सापकोटाको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

वि.सं. १९९३ सालमा जन्मनुभएका सापकोटाको गत असार २९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । सापकोटाका श्रीमति, पाँच छोरा र दुई छोरी हुनुहुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *