बडीगाड युवा मन्चको बैठक सम्पन्न, जीप दुर्घटनाका घाईतेको स्वास्थ्यलाभको कामना

खेमराज अर्याल, बुर्तिवाङ २०७४ साउन ९ । बडीगाड गाँउपालिकामा युवामैत्री कार्यक्रम सञ्चालनका लागी गठन गरिएको बडीगाड युवा मञ्चको वैठक आज गाँउपालिकाको केन्द्र ग्वालिचौरमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षतामा भएको वैठकले आर्थिक वर्ष २०७४।०७५ का लागी युवा मैत्री खेलकुद कार्यक्रम सञ्चालानार्थ २० लाख रुपैया गाँउसभाबाट विनियोजन गरिएकोमा गाँउपालिका अध्यक्ष मेयरसिंह पाईजा तथा सम्पुर्ण गाँउपालिका सदस्यलाई धन्यवाद ज्ञापन गरेको छ ।

गाँउपालिकाको पहिलो संस्थाको रुपमा दर्ता भएको बडीगाड युवा मञ्चको प्रत्यक वडाबाट सदस्य वृद्धी गर्नका लागी यही साउन मसान्त सम्मको समयावधीमा आजिवन सदस्य साधारण सदस्य लगाएत विभिन्न तहको सदस्यता वितरण गर्नका लागी आवदेन सङ्कलन गर्ने निर्णय भएको छ ।

वैठकबाट आउदो हरितालिका तीजको अवसरमा बडीगाड गाँउपालिकामा निर्वाचित महिला जनप्रतिनिधीलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम भदौ २ गते गर्ने निर्णय गरेको दिनेश शर्माले जानकारी दिए ।

यस्तै आजै मञ्चको आचारसंहिता निर्माणका लागी क्लवका सल्लाहाकार संयोजक तिर्थमणि भुषालको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको छ।

वैठकले ग्वालीचौरको बादिपमामा भएको पिकअप दुर्घट्नामा ४ जनाको निधनप्रती शोकप्रस्ताव पारित गरेको छ भने अन्य ६ जनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *