बागलुङ टेलिकमको आधुनिक ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

थम्मन थापा सन्देश, बागलुङ २०७४ साउन ९ । नेपाल टेलिकम बागलुङले आधुनिक ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । सेवा लिन कार्यालयका विभिन्न कोठा –कक्ष) मा धाउनुपर्ने बाध्यता हटेको छ । कार्यालयका अनुसार मोबाइल, ल्यान्डलाइन फोन, इन्टरनेट, सिमकार्ड सम्बन्धी काम, बिल तिर्ने लगाएतका सेवा आइतबारदेखि एउटै कोठाबाट दिन सुरु गरिएको छ ।
टेलिकमले सेवा प्रवाहलाई व्यवस्थित र ग्राहकमैत्री बनाएको कार्यालय प्रमुख इन्जिनियर केशव शर्माले बताए । ‘सबै खाले सेवा एकै ठाउँबाट दिने व्यवस्था मिलाएका छौं’ शर्माले भने ‘यसबाट ग्राहकलाई सहजता र सन्तुष्टी मिल्ने हाम्रो विश्वास छ।’
यसअघि छुट्टा–छुट्टै ठाउँबाट सेवा दिने गरिएको थियो । ग्राहक सेवा केन्द्रले सेवा लिने दिने कार्यलाई सरल र स्तरीय बनाउनुका साथै समयको समेत बचत हुने कार्यालय प्रमुख शर्माले बताए। आधुनिक साज–सज्जा सहितको कोठामा वातानुकुलित प्रविधि ९एसी० को समेत व्यवस्था गरिएको छ ।

ग्राहकलाई पिउने पानी, विश्रामको लागि कुर्सी, मोबाइल चार्ज लगाएतका सुविधा पनि उपलब्ध गराइएको छ । सेवा प्रवाहलाई चुस्त बनाउन चार जना कर्मचारी उक्त ग्राहक सेवा केन्द्रमा खटाइएको छ । ‘गुणस्तरीय सेवा दिन नयाँ सेवा केन्द्र बनाइएको हो’ कार्यालय प्रमुख शर्माले भने ‘यसले टेलिकमप्रति ग्राहकको आकर्षण पनि थप्नेछ ।

धेरै ठाउँ धाउनुपर्ने, उभिरहनुपर्ने लगाएतका झण्झटबाट ग्राहकले मुक्ति पाएको टेलिकमका सेवाग्राही सगुन सापकोटाले बताए । टेलिकमले नेटवर्क विस्तारसँगै सेवा दिने कार्यलाई पनि ग्राहकमैत्री बनाउनुपर्ने सेवाग्राहीको भनाइ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *