बडीगाड गाउपालिकाको बादिपमा पीकअप जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

कमल पौडेल, बागलुङ खर्वाङ २०७४ साउन ९ । बागलुङ जिल्लाको बडीगाड गाउपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ । जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिले सम्म ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको जीप टुक्रा टुक्रा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृत्यूहुने हरुमा वडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन् ।

त्यस्तै बडीगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको छ भने वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीस घाइते भएका छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ। घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ। गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन्।

घाईतेहरुको उद्धारका लागि हेलिकोप्टर झिकाउन प्रमुख जिल्ला अधिकारी संग कुरा भैरहेको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले इबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *