सेरामा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको बुर्तिवाङ-निसी सडक अवरुद्ध

बुर्तिवाङ २०७४ साउन ९ । मध्य पहाडी लोकमार्गको बुर्तिवाङ निसी खण्ड गए राति गएको पहिरोका कारण अवरुद्ध बनेको छ बुर्तिवाङ बजार देखी निसी जाने बाटोमा रहेको सेरामा पहिरो गएर रुखहरु ढलेपछी यातायात अवरुद्ध बनेको हो ।

पहिरोका कारण बुर्तिबाङ हुँदै निसी जाने र निसीबाट बुर्तिवाङ आउने सवारी साधनहरु ठप्प छन भने सयौँ यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सुचारु गर्न केहि समय लाग्ने स्थानीयले बताएका छन् ।

सोहि स्थानमा अस्ति पहिरो गएर सडक अवरुद्ध बनाए पछी हिँजो पहिरो पन्छाएर यातायात सुचारु गरिएको भएपनि गए राति सोहि स्थानमा पहिरो गएर १५ वटा रुख समेत खसाले पछी यातायात अवरुद्ध बनेको हो ।

तस्वीर: दीपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *