दलित समुदायको मृत्यु संस्कारमा रहेका कु-चलन हटाउने दलित सन्जालको दृढता

सुमन सुनार, २०७४ साउन ८ । शनिवार ढोरपाटन नगरपालिका वडा नं. ३ साबिक बुर्तिवाङ गाविसको घोसामा सम्पन्न स्वतन्त्र दलित सञ्जालको टोल भेलाले दलित समुदायमा मृत्यु संस्कार (काजक्रिया)मा परम्परादेखी चलिआएका केहि नराम्रा चलन (कुरीति)हरु हटाउने निर्णय गर्नुका साथै यसलाई सशक्तरुपमा कार्यान्वयनमा ल्याउने दृढता व्यक्त गरेको छ ।

दलित समुदायमा कसैको मृत्यु हुँदा शवमा पैसाको माला लगाउने, छोरी चेलीहरुले कपाडा ओढाउने, जाड रक्सी खाने, पशु बली चढाउने, खानामा मासु भात प्रयोग गर्ने जस्ता पुराना कुसंस्कार हटाउने निर्णय गर्दै काजक्रियामा खानामा स्वच्छ फलफुल तथा दालभात प्रयोग गर्ने समेत भनेको छ ।

दलित समुदायका सदस्यले यदि सञ्जालले गरेको सो निर्णय पालना नगरेको पाइएमा रु १० हजार सम्मको जरिवाना गर्ने निर्णय गरिएको छ । साथै त्यस स्थानका दलित समुदायको घरपरिवारमा हुने काजक्रियामा दलित समुदायका प्रत्येक घरधुरीले सहयोग स्वरुप २ सय ५० रुपैयाँ उठाउने निर्णय समेत गरिएको सञ्जालले जनाएको छ ।

सञ्जालका पुर्व उपाध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा भएको भेलामा ढोरपाटन नगरपालिकाका नगर कार्यपालिका सदस्य नर बहादुर सुनारको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलाले नर बहादुर सुनारको अध्यक्षतामा ११ सदस्यीय टोल समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा सुना सुनार, सचिवमा राजु विश्वकर्मा, सहसचिवमा ऋतु सुनार र कोषध्यक्षमा जुना सुनार रहेका छन् भने अन्य सदस्यहरुमा दल बहादुर सुनार, खीम बहादुर हर्मेल, गजेन्द्र हर्मेल, रुपा विश्वकर्मा र हरिमा विश्वकर्मा रहेका छन् ।

यस्तै भेलाकै अवसरमा ज्ञान बहादुर सुनारको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरिएको छ । जसको अन्य सदस्यहरुमा टेक बहादुर सिर्पाली, जित बहादुर गोतामे, वीर बहादुर विश्वकर्मा र सुकलाल सुनार रहेका छन् ।

भेलाले त्यस स्थानका दलित अधिकारकर्मीहरु तथा सञ्जालका प्रतिनिधिहरुको विशेष उपस्थीतीमा सम्पन्न भएको उक्त भेलाको सञ्चालन सञ्जालको सचिव राजु विश्वकर्माले गरेका थिए ।

निसीखोलामा गोप्य छुवाछुत निगरानी समिति गठन

यसैवीच निसीखोला गाँउपालिका वडा नं. १ मा वडास्तरिय दलित सञ्जालको गठन गरिएको छ ।

वडा स्तरका दलित अधिकारकर्मी, सविक गाविस स्तरका दलित सञ्जालका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवि लगायतको उपस्थितीमा शनिबार देविस्थान बजारमा आयोजना गरिएको भेलाले अनिल कुमार विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय वडा स्तरिय दलित सञ्जालको गठन गरिएको छ । जसको उपाध्यक्षमा सुनमायाँ परियार, सचिवमा सञ्जय सुनार, सहसचिवमा श्रीप्रसाद विश्वकर्मा, कोषाध्यक्षमा जुद्धवीर विश्वकर्मा रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् ।

यस्तै भेलाले तेजमान परियारको संयोजकत्वमा ६ सदस्यिय सल्लाहकार समितिको गठन गरेको छ । जसको सदस्यहरुमा उदय विश्वकर्मा, केअरसिंह सुनार, नन्दराम विश्वकर्मा, जित बहादुर विश्वकर्मा र चंखलाल विश्वकर्मा रहेका छन् ।

भेलाकै अवसरमा जुद्धविर विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय गोप्य छुवाछुत निगरानी समितिको समेत गठन गरिएको छ । उक्त गोप्य छुवाछुत निगरानि समितिले समाजमा दलितमाथी हुने जुनसुकै किसिमका जातिय विभेदको गोप्य निगरानी राखी कानुनी दायरामा ल्याई उचित कार्वाही गर्ने काम गर्ने बताइएको छ ।

दलित अधिकारकर्मी टेकमान परियारको अध्यक्षतामा भएको भेलाको सञ्चालन सञ्जय सुनारले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *