देश विकास गर्ने पार्टी एमाले नै हो भन्ने कुरा अब जनताले बुझिसके – एमाले नेता खनाल

बालकृष्ण सुवेदी, बागलुङ, २०७४ साउन ७ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब हुन लागिरहेको सम्पुर्ण निर्वाचनमा नेकपा एमालेलाई प्रथम हुनबाट कुनै शक्तीले रोक्न नसक्ने बताएका छन् ।

३९ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बागलुङमा आयोजना गरिएको सामाजिक सांस्कृतिक रुपान्तरण तथा आर्थिक समृद्धिको कार्यभार र पुष्पलाल विषयक विचार गोष्ठीमा बोल्दै खनालले हालै सम्पन्न भएको पहिलो र दोस्रो स्थानीय तहमा जस्तै आगामि हुने प्रदेस नम्बर २ को स्थानीय तह निर्वाचन, प्रदेश तथा राष्ट्रिय चुनावमा पनि एमाले प्रथम हुने स्पष्ट पारे ।

नेपालमा कमन्युष्ट विकासको क्रममा पुष्पलाल जस्ता जन्मिएको खनालले उहाँहरु जस्ताको त्याग र तपस्याको कारणले नेपाली समाजमा इन्धनको रुपमा काम गरेको भन्दै पुष्पलालले नव युवाहरुलाई परिर्वतनको दिशा तर्फ अगाडि बढ्ना प्रेरीत गर्नुभएको स्मरण समेत गरेका थिए । उनले माक्र्सवादको सिद्दान्तको आधारमा नेपाललाई विकास गर्नको लागि पुष्पलालको अविश्मरणीय योगदान रहेको चर्चा समेत गरे ।

राजनीतिक रुपमा राणातन्त्र फाल्यौ, पञ्चायत पाल्यौ, राजतन्त्र फाल्यौ, गणतन्त्र ल्याऔ, अब देशमा विद्यमान गरिवी, बेरोजगारी, रोग, भोक र शोक फाल्नका लागि आर्थिक रुपान्तरण आवश्यक रहेको उनले बताए ।

राजनीतिक दलहरुको काँधमा अब मुख्य ५ वटा कार्यभार आएका छन्, त्यो राष्ट्रिताको रक्षा, लोकतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण, सांस्कृतिक रुपान्तरण र विदेश नीतिमा सन्तुलन हो, यी मध्ये आर्थिक सामाजिक रुपान्तरण अबको पहिलो कार्यभार भएको खनालको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानले व्यवस्था गरे अनुरुप माघ ७ गते भित्र स्थानीय तह, प्रदेश र संसदको निर्वाचन गर्नुको विकल्प नरहेको बताए । निर्वाचन गराउन आलटाल भैरहेको भन्दै उनले त्यसका लागि एमाले र जनताका तर्फबाट खबरदारी आवश्यक रहेको बताए । देश विकास गर्ने पार्टी एमाले नै हो भन्ने कुरा अब जनताले बुझिसके त्यसैले आगामी निर्वाचनमार्फत देश चलाउने जिम्मेवारी एमालेले लिनेमा शंका नरहेको उनको दावी थियो ।

फरक प्रसंगमा वरिष्ठ नेता खनालले कमन्युष्ट भित्र रहेको गुट र फूट महारोगको रुपमा देखिएको बताउदै नेकपा एमालेलाई गुट मुक्त गराउन आग्रह गरेका थिए । नेपाललाई समृद्धिको दिशामा लैजानकोे लागि जनाताले नेकपा एमालेलाई दिएको मत खेर नजाने समेत दावी गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *