राजेश बर्देवा र रितु ब्रोकनको आबजमा ‘आइफोन सेभेन’ सार्वजनिक

बागलुङ २०७४ साउन ७ । बिन्दबासिनी म्युजिक प्राली मार्फत कृष्ण कंडेल मित्रको शब्द तथा लयमा राजेश बर्देवा र रितु ब्रोकनको आबजमा रहेको यो बर्षको नया पारिबारिक तीज गीत आइफोन सेभेन सार्बजनिक भएको छ ।

जसमा पछिलो समयमा आफ्नी श्रीमतीले आफ्नो श्रीमानलाई आइफोन सेभेन किनिदिन आग्रह गरेको र श्रीमानले श्रीमतिको चाहना पूरा गर्दा गर्दा थकित महसूस गरेको भावनाको चित्रण गर्न खोजिएको छ, अर्थात गीतले घाटी हेरि हाड निल्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
ि
रबिन शंकरको निर्देशन , सरोज अधिकारीको छायांकन अनि रबिन बिश्वकर्माको सम्पादनमा पोखराको लेक्साइडमा जसमा सुनिल बानिया र मिना स्य्वानको बेजोड अभिनयमा भिडियो तयार गरिएको छ भने तारानाथ आचार्यको एरेन्ज रहेको गीतको रेकर्डिङ डीजिटल स्टार पोखरामा अनि मालाश्री काठमान्डुमा गरिएको छ ।

सन्देशमुलक यस गीतलाई दर्शक श्रोताहरुले धेरै मायाँ गर्ने आशा राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *