पर्वतले उठाउने पटके सवारी कर, ऐनमा तोकिए भन्दा वीस गुना बढी !

महेन्द्र केसी, पर्वत २०७४ साउन ७ । जिल्ला समन्वय समिति पर्बतले सवारी तथा यातायातका साधनमा लगाइने पटके कर अन्य जिल्लाको तुलनामा अत्यन्तै महँगो भएको स्थानीय यातायात ब्यबसायीहरुले गुनासो गरेका छन । हालै मोदी गाउँ पालिकाको पातिचौरमा आयोजित सरोकारवालाहरुको भेलामा बोल्ने अधिकांश वक्ताहरुले यस्तो गुनासो गरेका हुन ।

स्थानीय स्वायत्त शासन ऐन अनुसार निजी तथा भाडाका बस ट्रकमा ५ रुपैया देखि २५ रुपैया सम्म, मिनी बस तथा ट्याक्टर मा ५ रुपैया देखि १५ रुपैया सम्म र निजी तथा भाडाका कार टेम्पोमा ५ रुपैया देखि १० रुपैया सम्म पटके कर लिन पाइने ब्यबस्था भएको भए पनि जिल्ला समन्वय समितिले बोलपत्र आह्वान गरी तीन सय रुपैया भन्दा बढ़ी पटके कर लिने गरी ठेकेदारहरुलाई उठाउने जिम्मा दिने गरेको सवारी धनी तथा स्वयं ठेकेदारहरुले बताएका छन ।

ऐन नियम बिपरित चर्को रुपमा उठाइने गरेको पटके कर कै कारण ग्रामीण भेगमा चल्ने जीप तथा ट्याक्टरले भाडा बढ़ी लिनु परेको ब्यबसायीहरुको भनाई छ भने छोटो दुरीमा आफूहरू महँगो भाडा तिरेर यात्रा गर्नु परेको यात्रुहरुको गुनासो छ । ऐनमा तोकिए भन्दा झण्डै बीस गुणा बढ़ी पटके कर उठाउने गरिएको भए पनि सडक मर्मतमा सो रकम खर्च हुने गरेको छैन । जब कि स्थानीय स्वायत्त शासन ऐन अनुसार यसरी उठाईने कर सम्बन्धित सड़कको मर्मत संभारमा मात्र खर्च गर्नु पर्ने प्राबधान छ ।

सो भेलाले ऐन नियम बिपरित नयाँ आर्थिक बर्षका लागि चर्को रुपमा सडक कर उठाउने गरी जिल्ला समन्वय समितिले ठेक्का प्रकृया अगाडि बढाएको भन्दै उक्त निर्णय सच्याउनका लागि दबाब दिने उद्धेश्यका साथ मोदी गाउँ पालिका वडा नं २ का वडाध्यक्ष बिकास तिमिल्सीनाको संयोजकत्वमा स्थानीय जन प्रतिनिधिहरु र बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहितको १९ सदस्यीय एक सरोकार समिति समेत गठन गरिएको छ ।

नवगठित समितिले बिद्यमान संबिधान ऐन नियम अनुसारको ब्यबस्था र स्थानीय तहको अधिकार क्षेत्रको अध्ययन गरी सम्बन्धित निकायहरु समक्ष समस्याको समाधान गर्न पहल गर्ने संयोजक तिमिल्सिनाले बताए ।

उक्त भेलामा वडा नं ३ का वडाध्यक्ष देबेन्द्र बहादुर क्षेत्री , पर्बत उधोग बाणिज्य संघका सदस्य गंगा तिमिल्सिना, सामुदायिक सेवा समाजका अध्यक्ष रामचन्द्र तिमिल्सिना, प्रहरी चौकि देउपुरका इन्चार्ज एक नारायण खनाल, ट्राफिक प्रहरी हवल्दार रेशम बहादुर थापा, पातिचौर बजार ब्यबस्थापन समितिका भीम प्रसाद शर्मा,यातायात तथा निर्माण ब्यबसायी बेल बहादुर कार्की, खिम बहादुर हमाल, राजेन्द्र हमाल लगायतको उपस्थिति रहेको थियो । यसैबीच सोही कार्यक्रममा भर्खरै सरुवा भई आएका प्रहरी चौकी देउपुरका इन्चार्ज एक नारायण खनाललाई स्वागत तथा सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *