स्व.श्रेष्ठको स्मृतिमा राष्ट्रियस्तरको पुरस्कार घोषणा गरिने

कोपिला कंडेल, बागलुङ २०७४ साउन ६ । राधाकृष्ण सेवा समितिका संस्थापक एबं स्वर्गिय समाजसेबी डम्बर बहादुर श्रेष्ठको स्मृतिमा राष्ट्रिय स्तरको पुरस्कार स्थापना हुने भएको छ । रु १२ लाखाको अक्षय कोष स्थापना गरी सोही कोषबाट स्वर्गिय श्रेष्ठको स्मृतिमा राष्ट्रियस्तरको पुरस्कारको घोषणा गरिने राधाकृष्ण सेवा समितिले जानकारी दिएको छ ।

राधाकृष्ण सेवा समिति बागलुङको ५ लाख र स्वर्गिय डम्बर बहादुर श्रेष्ठको परिबार बाट ७ लाख गरी १२ लाख रुपयाको राष्ट्रियस्तरको डम्बर बहादुर स्मृति कोष स्थापना हुन लागेको आज बिहान पत्रकार पत्रकार भेटघाटको आयोजना गरी राधाकृष्ण सेवा समिति बागलुङका अध्यक्ष रमेश राजभण्डारीले जानकारी दिए ।

सो कोषबाट धर्म कला र संस्कृतिको क्षेत्रमा काम गर्ने एकजनालाई बर्षेनी सम्मान गरिने राधाकृष्ण सेवा समितिले जनाएको छ । राधाकृष्ण सेवा समितिको भवन स्थापनाका लागि स्वर्गिय श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै उहांको स्मृतिको राष्ट्रियस्तरको पुरस्कार स्थापना गरिने अध्यक्ष राजभण्डारीले बताए ।

कोषबाट पुरस्कृत हुने पहिलो ब्यक्तिले ७५ हजार नगद प्रदान गरिने बताईएको छ । आफ्ना स्वर्गिय बुवाको स्मृतिमा स्वर्गिय श्रेष्ठका दुइछोरा भरत कुमार श्रेष्ठ, ईश्वर श्रेष्ठ र धर्मपत्नी हंस कुमारी श्रेष्ठले ७ लाख सहयोग गर्ने राधाकृष्ण सेवा समिति बागलुङले जनाएको छ । कोषलाई संचालन गर्नका लागि राधाकृष्ण सेवा समिति बागलुङका अध्यक्ष रमेश राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय समिति समेत निर्माण गर्न लागेको समितिले जनाएको छ ।

राधाकृष्ण सेवा समितीको भवन निर्माण एबं सामाजिक क्षेत्रमा स्वर्गिय श्रेष्ठले पुर्याएको योगदानलाई जीबन्त बनाउनका लागि उहांको परिबार र राधाकृष्ण सेवा समितिले संचालन गर्नेगरी कोष निर्माण गर्न लागेको राधाकृष्ण सेवा समिती बागलुङका सचिव हरी प्रसाद उपाध्यायले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *