एक महिनाकाे अन्तरालमा विदेशीक रोजगारीमा गएका बडिगाड- ७ भिङगिठेका २ युवककाे मृत्युु !

बिमल खड्का, बागलुङ २०७४ साउन ६ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ७ साविक भिङगिठे गाबिस -६ असारेका २५ बर्षीय लक्ष्मण घर्तिकाे कुबेतमा हिजाे नुहाउने क्रममा समुन्द्रमा डुवी मृत्यु भएकाे छ । दिउसाे डिउटी सकेर साथीहरु सगँ नुहाउन गएका घर्तिकाे अचानक समुन्द्रमा डुबी मृत्यु भएकाे बताईएकाे छ ।

घर्ति बिगत ४ बर्ष यता एमईसिसि कम्पनीमा काम गर्दै अाएका थिए । दिउसाे डिउटी सकेर नुहाउन जादा अचानक उनकाे मृत्यु भएकाे अाफ्नत सुर्या थापाले बताए ।
उनलाई गाउमा कपिल नामले बाेलाउने गर्देथे घरमा एक छाेरी र श्रीमती पनि रहेकाे बताईएकाे छ ।

एउटै वडामा एक महिनाकाे अन्तरालमा २ युवकाे मृत्यु हुदा गाउनै शोकमय भएकाे छ । गत जेष्ठ २८ गते साेहि वडाका २५ बर्षका भिम बहादुर केसीकाे गाडी ठक्करबाट साउदीमा मृत्यु भएका थिए । उनकाे शब अझै नेपाल नअाएकाे अाफ्नतले गुनासाे गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *