गायिका स्वरुपा रसाइलीको ‘हाई हाई, मिठो बोली सवैलाई …’ गीत बजारमा

बागलुङ २०७४ साउन ५ । नेपाली नारीहरु महान चाडको रुपमा मानिने हरितालिका तीज नजिकिदैँ गर्दा बजारमा विभिन्न प्रकारका गीतहरु आएका छन । कति त आउदैँ पनि छन । देशका धेरै जसो रेकर्डिङ स्टुडियोहरु पनि निकै व्यस्त देखिन्छन । जति तीजी गीतहरु बजारमा आएता पनि तीजी गीतको महत्व बोकेर आउदैनन् । तर गायन क्षेत्रमा फरक पहिचान बनाउन सफल गायिका स्वरुपा रसाइलीको यसपालीको तीजी कोशेली फरक किसिमको मौलिक गीत मिठो बोली बजारमा ल्याएकी छन् ।

बिजय कुमार सुनारको उत्कृष्ट शव्द सृजना, नेपाली संगीत क्षेत्रका हस्ती संगीतकार विवि अनुरागीको संगित संयोजनमा रहेको उक्त गीतमा गायिक स्वरुपा रसाईलीको सुमधुर आवाज रहेको छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने पर्व भएकाले सोही कुरालाई ध्यानमा राखी गीत बजारमा ल्याएको गायिका स्वरुपा रसाईलीले बताईन् । साथै रसाईलीले अन्य गीतहरुलाई जस्तै यो तीजी कोशेलीलाई पनि माया गरि एक पटक हेर्न, सुन्न र सुझाव दिन समेत आग्रह गरेकी छिन् । गीतमा झुम्का सुहाउछ कि मलाइ,लुर्का सुहाउछ कि साडी सुहाउछ कि मलाई कुर्ता सुहाउछ कि, भनिदेउन संगिनी म त चट्ट परि नाँच्नु खुशीले बाँच्नु छ, सवले भन्छन हाई हाई मिठो बोली सवैलाई लर्के जोवान कसलाई माया दिनेलाई शिव विकले निर्देशन, शम्भु चालिसेको छायाँङकन र रविन विकले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा भने उषा विश्वकर्मा र शिक्षा रसाइलीको मुख्य अभिनय रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *