गल्कोट नगरपालिकाको कुल ४९ करोड १६ लाख ४६ हजारको बजेट सार्वजनिक

थम्मन थापा सन्देश, गल्कोट २०७४ साउन ५ । गल्कोट नगरपालिकाको आर्थिक बर्ष २०७४र७५ को लागी बार्षिक बजेट सार्बाजनिक गरेको छ ।

असार ३१ गते औपचारिक समारोहको बिच नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । बुधवार पत्रकार भेटघाट कार्यक्रम मार्फत बिषयगत क्षेत्रको बजेट सार्बाजनिक गरेको हो ।

गल्कोट नगरपालिकाको कुल ४९ करोड १६ लाख ४६ हजार बराबरको बजेट सार्बाजनिक गरेको छ । कुल आय तर्फ कर तथा राजश्व वाट रु २ करोड ६५ लाख ६७ हजार, राजश्व बाडफाड बाट ५० लाख, अन्य आय वाट रु ५० लाख गरी जम्मा रु ३ करोड ६५ लाख ६७ हजार अनुमान गरिएको छ भने बाह्य तर्फ अन्तर सरकारी बित्तिय हस्तानतरण बाट ३६ करोड ५० लाख ७९ हजार, सामाजिक सुरक्षा तर्फ ९ करोड गरी आय प्रस्ताव गरिएको जनाइएको छ । चालु खर्च तर्फ ३ करोड ५५ लाख ११ हजार, विभिन्न कोष व्यबस्थापन तर्फ रु २ करोड ५ लाख, कुर्षि तर्फ रु ५० लाख, शिक्षा तर्फ १ करोड पचास लाख, पशुबिकास तर्फ ७० लाख, पुर्बाधार बिकास पूर्वाधार विकाश क्षेत्र तर्फ ६ करोड ३२ लाख २८ हजार वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ रु १ करोड ८२ लाख ११ हजार, सामाजिक विकाश क्षेत्र तर्फ रु २ करोड ८२ लाख ४५ हजार, आर्थिक विकाश क्षेत्र तर्फ रु २ करोड ८६ लाख ६५ हजार वित्तिय व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ रु ३९ लाख,सस्थागत विकाश तथा सेवा प्रबाह क्षेत्र ५६ लाख ५० हजारको अनुमानीत खर्च राखीएको छ । ससर्त अनुदान तर्फ १५ करोड ७७ लाख ३६ हजार र अन्य बिभीन्न कार्यक्रम तर्फ १ करोड ३० लाख र सामाजिक सुरक्षा भत्ता रु ९ करोड विनियोजन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *