ढोनपा-४ खुँगाका लागि १ करोड ७९ लाख १० हजार रुपैयाँ विनियोजन

सुमन सुनार, बुर्तिवाङ २०७४ साउन ५ । ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुँगामा नगर परिषदबाट यस आर्थिक वर्ष ०७४/०७५का लागि १ करोड ७९ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । परिषदले वडा नं. ४ मा वडास्तरीय कृषि कार्यक्रम संचालनका लागि १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

शिक्षा तर्फ कुल ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार, प्रकाश मा.वि भवन निर्माणका लागि १६ लाख , हिमालय आधारभुत विद्यालय, लुकुरवन, भौतिक सुधारका लागि ३ लाख , दिपक प्रा.वि भौतिक सुधारका लागि ३ लाख , जनज्योती प्रा.वि भौतिक सुधारका लागि २ लाख , छोरेगाँउ मा.वि कम्पाउण्ड निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

खानेपानी तर्फ तोसवाङ, सोरवाङ खानेपानी योजनाका लागि ९ लाख रुपैया विनियोजन भएको छ । र उर्जा तथा लघुजलविद्युत तर्फ भालीबाङखोला लघु जलविद्युत आयोजनाको मर्मत सम्भार तर्फ १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ दिपज्योती स्वाबलम्बि आमा समुहको भवन निर्माणका लागि ९ लाख र लालिगुराँस आमा समुह भवन निर्माण ४ लाख ५० हजार रुपैयाँ गरि कुल १३ लाख ५० हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ , १ करोड १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार खुँगा स्वास्थ्य चौकी घडेरी निर्माण तथा मोटरबाटो विस्तारका लागि १० लाख , तोसबाङ, सोरवाङ मोटरबाटो मर्मतका लागि ४ लाख ५० हजार ,धाईबाङ लुकुरवन, पाण्डबखानी सडक निर्माणका लागि ५० लाख , पुर्काेट, भागी रिखुवा सडक निर्माणका लागि ७ लाख , रिक्लाङ, सिनिका खुँगा सडक निर्माणका लागि ५ लाख , हुन्द्रफेदी धाईबाङ,छोरेगाउँ, खुँगा सडक स्तरोन्नतीका लागि २५ लाख विनियोजन गरिएको छ ।

सिंचाई तर्फ बाँदुरे घाट देखि हुन्द्राफेदी सिंचाई का लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । भवन निर्माण तर्फ , भुमेथान सामुदायिक भवन निर्माणका लागि २ लाख १० हजार र सामुदायिक भवन निर्माण सोरवाङका लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *