चुरेलाबास देखि नाथुरी सम्म घोरेटो बाटो मर्मत तथा स्तरीकरण हुँदै

तिलक मल्ल ठकुरी, बुर्तिवाङ २०७४ साउन ५ । ढोरपाटन नगरपालिका वडा नं। १ चुरेलाबसा देखि वडा नं। ३ को घोसा हुँदै वडा नं। ५ को नाथुरी सम्म कृर्षि घोरेटो बाटो पुनर निर्माण एवम मर्मत कार्य मँगलबार देखि सुरु भएको छ ।

ढोरपाटन नगरपालिकाको आकस्मिक बजेटबाट ज्यामि लगाई सुरु गरीएको बाटोको मर्मत कार्य जारी रहेको बताईएको छ । गत बर्ष आएको बाढिका कारण बाटो कटान भएको र मानिस तथा पशु चौपाय समेत आवत जावतमा समस्या आएका कारण उक्त बाटो मर्मत तथा फराकिलो बनाउने कार्य सुरु गरीएको बताईएको छ । स्थानीय युवा सिवराज कँडेलको सम्योजगत्वमा सडक बिस्तार एवम मर्मत कार्य जारी रहेको बताईएको हो । घोरेटो बाटो एक बर्ष सम्म अबरुद्ध हुँदा स्थानीय त्यसक्षेत्रका कृषकहरुलाई कृर्षि सामाग्रि बजार सम्म ल्याउन तथा बिरामि, बालबालीका आवत जावतमा समस्या पर्दे आएको थियो । सो बाटो निर्माण कार्य साउन १५ सम्म सकिने कँडेलले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *