म्याग्दी धुलावाङमा श्रीमतीव्दारा कोदालोले प्रहार गरी श्रीमानको हत्या

म्याग्दी, २०७४ साउन ४ । म्याग्दी जिल्लाको मालिका गाउपालिकामा श्रीमतीले आफ्नै श्रीमानको कोदालोले प्रहारगरी हत्या गरेकी छिन् । प्रहरीका अनुसार मालिका गाउपालिका- २ धुलावाङमा मंगलवार राति २५ वर्षिया श्रीमती रन्जना जीसीले ३४ वर्षिय श्रीमान शिव जीसीलाई कोदालोले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमै ज्यान गएको थियो ।

प्रहरीले अभियुक्त रन्जना जीसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । रन्जनाले श्रीमान शिव जीसीको हत्या गर्नुको कारण खुल्न आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *