करेन्ट लागेर खस्दा निसी दोभान जलविद्युत आयोजनाका म्यानेजर गम्भिर घाइते

पुष्पा कँडेल, बुर्तिबाङ २०७४ साउन ३ । बुर्तिबाङमा विद्युत ट्रान्सफर्मरको काम गर्दागर्दै पोलबाट खसेर एक जना गम्भिर घाइते भएका छन् । निसीदोभान जलविद्यत आयोजनाको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेर खस्दा ढोरपाटन नगरपालिका—२, रिनामबेसीका ३४ बर्षिय आत्मराम शर्मा गम्भिर घाइते भएका हुन् ।

घटनापछि शर्मालाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइएको थियो । शर्माको अवस्था गम्भिर भएकाले सामान्य उपचारपछि थप उपचारको लागि शर्मालाई न्यूरो हस्पिटल, काठमाडौ रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डाक्टर सनिल जैशवालले बताए । शर्माको मेरुदण्ड भाँचिएको हुन सक्ने भएकोले काठमाडौ रिफर गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

घाइते शर्मा उक्त निसीदोभान जलविद्युत आयोजनामा म्यानेजरको रुपमा कार्यरत थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *