ढोनपाको प्रथम नगरसभाबाट साविकको बुर्तिबाङमा ३ करोड ६६ लाख वजेट विनियोजन

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ साउन ३ । स्थानीय तह निर्वाचन पछि भएको ढोरपाटन नगरपालिकाको प्रथम नगर परिषदबाट साविकको बुर्तिबाङ गाविसमा ३ करोड ६६ लाख २५ हजार ५ सय रुपैयाँ विनियोजन भएको छ । साविकको बुर्तिबाङ गाविसलाई ३ वडामा विभाजन गरि गरिएको वजेट अनुसार उक्त वजेट विनियोजन भएको हो ।

यसैबीच वडा नंं १ का लागि १ करोड ४० लाख ४० हजार रुपैयाँ विनियोजन भएको छ । नगर सभाले वडा नं. १ का लागि शिक्षा तर्फ २७ लाख रुपैयाँ विनियोजन गरेको छ । जस अन्तरगत निसि भुजी जनता क्याम्पसको भवन निर्माणको लागि १८ लाख, सरस्वती प्रा.वि भवरेटा भवन मर्मत ४ लाख ५० हजार र गंगा प्रा.वि खप्तरीबाङ भवन मर्मत ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको हो ।

यस्तै खानेपानी तर्फ भवरेटा खानेपानी ट्याङकी निर्माण २७ लाख विनियोजन गरिएको छ । संस्कृति संरक्षण तर्फ २० लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ । जस अनुसार कालिका मन्दिर भवरेटाका लागि २ लाख ७० हजार, भगवती मन्दिर बुर्तिबाङ निर्माण तथा व्यवस्थापनका लागि १ लाख ८० हजार , ब्राह्मकुमारी ईश्वरीय विश्व विद्यालय भवन निर्माणका लागि २ लाख ७० हजार लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ ९ लाख , विकासको लागि महिला संजाल भवन निर्माणका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।
यस्तै वन तथा भु संरक्षण तर्फ जागरण युवा क्लवद्धारा वृक्षारोपण कार्यक्रमका लागि ९० हजार विनियोजन भएको छ भने , बुर्तिबाङ बजारको फोहोरमैला तथा ढल व्यवस्थापन तर्फ २७ लाख रुपैयाँ विनियोजन भएको छ । बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनको लागि ट्याक्टर खरिदका लागि २२ लाख ५० हजार र बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनको लागि फोहोर मलाई भन्ने प्लाष्टिकको बाल्टिन खरिदका लागि ४ लाख ५० हजार विनियोजन भएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण तर्फ खप्तरीबाङ, रिभररहेड, फुलवारी, लक्ष्मिकुण्ड, चुरेलाबास, खाराखेत सम्म तटबन्धका लागि ३७ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको वडा नं. १ का अध्यक्ष चित्रबहादुर भण्डारीले जानाकारी दिनुभएको छ ।

नगर परिषदले वडा नं. २ मा १ करोड ८४ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
वडा नं. २ मा कृषि तर्फ ९ लाख ९० हजार विनियोजन गरेको छ । जस अनुसार , तरकारीको लागि विउविजन खरिद तथा वितरण १ लाख ३५ हजार कृषि समुहमार्फत उन्नत जातको राँगा तथा बोका वितरण रिनाम, टारीखेतका लागि २ लाख ७० हजार , हाते ट्याक्टर खरिदमा कृषि समुहलाई अनुदान अर्नाकोट, रिनाम, सलामकोट,तारीखेत का लागि २ लाख ७० हजार , कुखुरापालन खोर निर्माणको लागि अनुदान अर्नाकोट, रिनाम, सलामकोट का लागि १ लाख ३५ हजार कृषि सहकारी भवन निर्माण तारीखेतका लागि १ लाख ८० हजार विनियोजन गरिएको छ ।

यस्तै शिक्षा तर्फ ,२५ लाख २० हजार विनियोजन गरिएको छ । जस अनुसार सलामकोट आधारभुत विद्यालय भवन मर्मतका लागि ९० हजार , रिनाम आधारभुत विद्यालय भवन मर्मतका लागि ९० हजार , अर्नाकोट, आधारभुत विद्यालयमा आकाशे पानी संकलन ट्याङकी निर्माणका लागि २ लाख , ७० हजार सिमलचौर आधारभुत विद्यालय भवन मर्मतका लागि ९० हजार ,जनजागृती आधारभुत विद्यालय भवन निर्माणका लागि ७ लाख २० हजार ,बालविकास भवन मर्मत तारीखेतका लागि १ लाख ३५ हजार बालविकास भवन, मर्मत सिमलचौरका लागि ४५ हजार , धर्मशाला मर्मतका लागि ४५ हजार , बालविकास भवन मर्मत सोरबाङका लागि ४५ हजार , बालविकास भवन निर्माण मर्मत रिनामका लागि ४५ हजार , बालविकास भवन निर्माण मर्मत डाँडाका लागि ४५ हजार , माडे बाल शिक्षा भवन निर्माणका लागि ९ लाख विनियोजन भएको छ ।

खानेपानी तर्फ १९ लाख १७ हजार विनियोजन गरिएको छ । जस अनुसार सोडखोड खानेपानीका लागि १ लाख ८० हजार , खानेपानी मर्मतरिनाम झ्यालखर्कका लागि १ लाख ८० हजार , खानेपानी मर्मत गादिनाका लागि १ लाख ८० हजार , खानेपानी मर्मत गैराखोलाका लागि ९० हजार , मलकट्टीबाङ खानेपानी मर्मतका लागि ९० हजार , ग्याम्लेखोला खानेपानी मर्मतका लागि ४५ हजार , तारीखेत भुल्कोट बुगेपानी, भालुमोर , जल्दीखोलाका लागि २ लाख ७० हजार , गादीना खानेपानी मर्मतका लागि २७ हजार , ठाक्रेवास , भालुमोर उपल्लो, खानेपानी मर्मतका लागि १ लाख ३५ हजार , अर्नाक खानेपानी व्यवस्थापनका लागि ९० हजार , रिनाम ढाँड खानेपानी निर्माणका लागि ४ लाख ५० हजार , धर्मशाला खानेपानी का लागि १ लाख ८० हजार विनियोजन गरिएको छ ।

यसैगरि खेलकुद तथा मनोरञ्जन तर्फ , अर्नाकोट खेलमैदान तथा मन्दिर, निर्माणका लागि ४ लाख ५० हजार , र तारीखेत खेल मैदान निर्माणका लागि १ लाख ८० हजार गरि ६ लाख ३० हजार विनियोजन गरिएको छ ।

उता लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम तर्फ १७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अन्तरगत किशोर किशोरीलाई सिपमुलक तालिमका लागि १ लाख ८० हजार , दलित,जनजाति, एकल महिला, महिला पिछाडिएका वर्गको शसक्तिकरण तालिमका लागि १ लाख ८० हजार , अर्नाकोट आमा समुह भवन निर्माणका लागि ९ लाख र खलवाङ दलित भवन निर्माणका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

यस्तै पूर्वाधार विकास तर्फ , ६७ लाख ६८ हजार रुपैयाँ विनियोजन भएको छ । जस अन्तरगत भैसेदेखि भ्यालखर्के सम्मको सडक निर्माणमा १० लाख ८० हजार , अधेरीखोला देखि डाडा सम्म सडक निर्माणमा ९ लाख , कुथाप्ता नगर विकास को भवन देखि अर्नाकोट सडक निर्माणका लागि ३ लाख ६० हजार , तारीखेत देखि तुसारे हुँदै अर्नाकोट सम्म सडक निर्माणका लागि ९ लाख , जुल्दी देखि नरेडाडा हुँदै धनेलचौर सम्म घोरेटो बाटो निर्माणका लागि ९० हजार पुल मर्मत, तारी खेत बुर्तिबाङका लागि ९० हजार , सिमलचौर मोटरबाटो निर्माणका लागि २७ लाख , तारीखेतमा ईन्टरनेट विस्तारका लागि १ लाख ९८ हजार , कावेखोला देखि अर्नाक मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

यस्तै सिंचाई तर्फ ,१५ लाख ३० हजार विनियोजन गरिएको छ । जहाँ सेराफाँट सिँचाई कुलो मर्मतका लागि १ लाख ८० हजार , नरेडाडा सिंचाई मर्मतका लागि १३ लाख ५० हजार , तथा वन तथा भु संरक्षण तर्पm , नर्सरी व्यवस्थापन भालुमारे का लागि ९० हजार , तारीखेत तटबन्धन का लागि १३ लाख ५० हजार , निसिदोभान जलविद्युत आयोजना तटबन्धनका लागि ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वडा नं. ३ मा १ करोड १७ लाख ४५ हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ ।
जस अनुसार कृषि तर्फ ११ लाख २५ हजार रुपैयाँ विनियोजन भएकोे छ । कृषक समुहलाई घुम्ती कोषको लागि अनुदान, नमुना कृषि समुहका लागि ९० हजार , अधैँरीखोला कृषि समुहका लागि ९० हजार , मालारानी कृषि समुहका लागि ९० हजार , हरियाली कृषि समुहका लागि ९० हजार , रिठाखोला कृषि समुहका लागि ९० हजार , मौरिभिर कषि समुहका लागि ९० हजार , बराहाथानका लागि ९० हजार , तरकारीका विउ, कागती सुन्तलाका विरुवा खरिदका लागि १ लाख ३५ हजार, झ्याम्पुर किवी खेतीको लागि अनुदानका लागि १ लाख ३५ हजार , उन्नत जातको बोका तथा वाख्रा, सहकारी मार्फत अनुदानका लागि १ लाख ३५ हजार विनियोजन गरिएको छ ।

शिक्षा तर्फ ४२ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । जनकल्याण आधारभुत विद्यालय भवन मर्मतका लागि २ लाख ७० हजार , अध्यन केन्द्र मर्मतका लागि ४५ हजार , ३ वटा विद्यालयको भौतिक व्यवस्थापनका लागि ५ लाख ४० हजार , देउराली आधारभुत विद्यालय भवन निर्माणका लागि २७ लाख , बालशिक्षा भवन निर्माणका लागि ५ लाख ४० हजार , घोसाखानी आधारभुत विद्यालय मर्मतका लागि १ लाख ८० हजार विनियोजन गरिएको छ ।

यस्तै खानेपानी तर्फ, वडा भित्रका, विभिन्न खानेपानी मर्मतमा ५ लाख ४० हजार , ट्याङ्की मर्मत कालापोलमा १ लाख ८० हजार , खड्का वडा मन्दिरका लागि १ लाख ८० हजार गरि कुल ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै खेलकुद तथा मनोरञ्जन तर्फ , सामाकालापुल देउराली केन्द्र खेलकुद मैदान मर्मतका लागि ९० हजार तथा लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ , घोसाखानी दलित भवन निर्माणका लागि ९ लाख , पुर्काेट देउराली आमा समुह, भवन मर्मतका लागि १ लाख ८० हजार गरि १० लाख ८० हजार विनियोजन गरिएको छ ।

यस्तै पूर्वाधार विकास तर्फ , ३६ लाख रुपैयाँ विनियोजन भएको छ । जस अनुसार अन्तरेघाट देखि गुर्जाखोला मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , भलायागोठ देखि फुलबारी सम्म मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , रुन्जाकुन्जादेखि नाथुरी सम्म मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , चित्रघाट देखि सामा सम्म मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , बागखोर धोर्जे मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , कालापोल देखि बाराताल मोटरबाटो निर्माणका लागि ९ लाख ,घोसाखानी मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

भवन निर्माण तर्फ , तल्लो घोसाको सामुदायिक भवन मर्मतका लागि ४५ हजार तथा वन तथा भु संरक्षण तर्फ डालेघाँस विरुवा वितरण तथा वृक्षारोपण का लागि ४५ हजार र रिठाखोला लघु जलविद्युत केन्द्रको मुहान संरक्षणका लागि ४ लाख ५० हजार तथा विपद् व्यवस्थापन तर्फ १ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *