ढल्यो नेपालमै ठुलो मानिएको टुनीको रुख (लाइव भिडियो)

बागलुङ २०७४ साउन ३ । बागलुङ सदरमुकाम रामरेखामा रहेको नेपालमै ठुलो मध्यको एक मानिएको टुनीको रुख आज विहान ६.५० बजेको समयमा ढलेको छ । दुई वर्ष पहिले हावाहुरीका कारण यस टुनीको रुखको एउटा ठुलो हाँगो भाँचिएको थियो । धेरै पुरानो रुख भएकोले रुखको विभिन्न भागहरुमा घोन्द्रो परेको र त्यहिँबाट पानी पसेर रुख कुहिएर ढलेको स्थानीयले अनुमान गरेका छन् ।

स्थानीय समाजसेवी लक्ष्मणश्रीका अनुसार रुख ढल्नु केहि समय अघि देखी नै कटकटको आवाज आएको थियो र आसपास सबैलाई सचेत गराउन सकिएकोले कुनै गम्भीर क्षती हुन पाएन ।

उनले भने रुख ढल्ने देखिएपछी विद्युत प्राधिकरणलाई विद्युत सप्लाई बन्द गर्न अनुरोध गरिएको र विद्यूत लाईन काटिएको एक डेढ मिनेटमै रुख ढलेको थियो ।

रुख ढलेपछी घटनास्थलमा प्रहरी लगायत स्थानीयवासीको भीड लागेको छ । रुख ढल्दा कुनै मानवीय क्षती भएको छैन । एउटा घरमा सामान्य क्षती पुराएको बताईएको छ । रुख ढलेर विद्युत प्राधिकरणको मेन लाईनको तार चुँडिएकोले केहि भागमा विद्युत सप्लाई बन्द भएको छ । ढलेको रुखलाई हटाउन केहि समय लाग्ने स्थानीयले बताएका छन् ।

धार्मिक आस्थाको रुपमा रहेको यस विशालकाय टुनीको रुखको फेंदमा सोना झाक्रीको स्थान रहेको छ । रुख ढल्दा सोना झाँक्रीको स्थानलाई नोक्सान पुराएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *