९८ वर्षिया स्व गंगादेवी चालिसेको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

कमल पौडेल मुसिकोट, गुल्मी २०७४ साउन २ । साविक मुसिकोट गाविस वडा नं. ७ का पूर्व वडा नवौं दिनको पुण्य तिथिमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
नेकपा एमाले मुसिकोट नगर संगठन कमिटिको अयोजनामा भएको कार्यक्रममा नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभाग केन्द्रिय सदस्य सुनिल शेरचनले चालिसेले समाजिक विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. २ का नव निर्वाचित अध्यक्ष लक्ष्मण खत्री, वडा नं. ७ का नवनिर्वाचित अध्यक्ष प्रकाश काफ्ले, प्रेस चौतारी गुल्मीका सल्लाहकार कमल पौडेल लगाएतले शोक मन्तव्य व्यक्त व्यक्त गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गरेका थिए ।

कार्यक्रम नेकपा एमाले नगरकमिटि सचिवालय सदस्य वुद्धिवल चालिसेको अध्यक्षता तथा युवा संघ जिल्ला कमिटि सचिवालय सदस्य वसन्त अधिकारीको संचालनमा सम्पन्न भएको थियो। स्व गंगादेवी चालिसेको यहि असार २५ गते ९८ वर्षको उमेरमा निधन भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *