अर्की श्रीमती ल्याउछु भन्दै श्रीमतीलाई निर्घात कुटपीट गरी अचेत बनाएर श्रीमान फरार !

कुम्विर विश्वकर्मा, बुर्तिवाङ २०७४ साउन २ । साउने सक्रान्तिमा घरमा खाने घरायसी समान लिन बजार गएका निसीखोला गाउँपालिका -५ कटुवाल देराका २८ वर्षिय ज्ञान बहादुर बिश्वकर्माले घरमा फर्कदा मदिरा सेवन गरी आएर एक्कासी श्रीमती इन्द्रमायाँ बिकलाई निर्घात कुटपीट गरी गम्भीर घाईते बनाएर फरार भएका छन् । मदिरा सेवन गरी मात्तिएका ज्ञानबहादुरले अर्की श्रीमती ल्याउछु भन्दै इन्द्रमायाँलाई हातपात गर्न थालेपछी बाहिर भाग्न लाग्दा घरको ढोका बन्द गरी श्रीमतीलाई निर्घात कुटपीट गरी अचेत बनाएको प्रत्यक्षदर्शील बताए ।

राति १० बजेको समयमा ईन्द्रमायाँ चिच्च्याएको आवाज सुनेपछी निज ज्ञान बहादुरकी भाई बुहारी अनिता बिश्वकर्मा आएर बचाएकी थिईन । उनले घाईते इन्द्रमायालाई बोकेर माइत पुराएको बताईन ।

आफनी बहिनी कुटिएको देखेपछी उनका दाजु ढाल बहादुर बिश्वकर्माले स्थानीय भलाद्मी तथा जन प्रतिनिधि सुनिल बिक कहाँ उजुरी गर्न गए पछि सुनिल बिकले घरमा गएर खोज तलास गर्दा ज्ञान बहादुर बिक ४ वर्षकी जेठी छोरी लिएर एकाबिहानै फरार भैसकेका रहेछन् ।

जनप्रतिनिधि सुनिल बि क ले ईन्डिया गएको हुन सक्ने आसङ्काले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा फोन मार्फत खोजी गर्न र पक्राउ गर्न जानकारी गराएको बुझिएको छ । उता पीडित इन्द्रमाया बि क लाई अचेत अबस्थामा निसीस्थित विश्व मेडिकल हलमा उपचार गरिदै गरेको उनका दाइ ढाल बहादुर बिस्वकर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *