नेपाली सेनाव्दारा ढोरपाटन पाखाथर स्थित झोलुंगे पुल मर्मत

बुर्तिवाङ २०७४ साउन २ । ढोरपाटन ज्योति विकास आधारभूत विद्यालय नजिक पाखाथर स्थित नवी खोलाकोे झलुङगे पुलको मर्मत कार्य आज सम्पन्न भएको छ । झोलुङगे फुल तारजाली नभएका कारण स्थानीयले जोखिम मोलर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो भने विद्यालयमा पढन आउने विद्यार्थीहरु असुरक्षित यात्रा गर्न बाध्य थिए । गत बर्ष सोहि पुलबाट स्थानीय एक बालकसमेत खसेपछि स्थानीयले उद्धार गरी बचाएका थिए ।

ढोरपाटन नगरपालिकाको ग्याविन जाली सहयोग र ढोरपाटन शिकार आरक्षमा रहेको नेपाली सेना हनुमान ध्वज गुल्मको टोली र स्थानीयबासीको सक्रियतामा पुलको दाँया बाँयाको भागमा तारजाली लगाउने कार्य आईतवार देखी सुरु भएको हनुमान ध्वज गुल्म ढोरपाटनले जनाएको छ ।

१०० मिटर लम्बाई रहेको सो पुल सामान्य बर्षात हुँदा समेत नदीमा पानीको बहाब बढेसँगै जोखिम हुने गरेको छ । काठको फल्याक बिच्छाएर बनाईएको पुलमा दाँया बाँयाको भागमा तारजाली गर्न लागिएसँगै स्थानीयले सुरक्षाको अनुभुती गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *