एक बर्ष अबरुद्ध बिद्युत सञ्चालनमा आएसँगै ३ सय २० घरदुरी उपभोक्ता लाभान्वित

डम्मर बुढा मगर, बुर्तिवाङ २०७४ साउन २ । गत बर्ष साउन ११ गतेदेखि बाढिले क्षति पुर्याएर अबरुद्ध बनेको निसिदोभान लघुजलबिधुत आयोजना पुनर निर्माण सँगै आईतबार देखि पूर्ण सञ्चालनमा आएको छ ।

गत बर्ष वडीगाड खोलामा आएको बाढीका कारण बिद्युत आयोजनाको पावरहाउस, कुलो तथा मेशिनरी सामान बगाउनुका साथै पुर्ण क्षेति बनाएको थियो । आयोजनाका सचिब नेत्रलाल चालीसेका अनुसार कुल ७५ लाख लागतमा आयोजना पुनर्निर्माण सँगै सञ्चालनमा ल्याईएको बताईएको छ । ३२ किलोवाट क्षमताको आयोजना बृद्धि गरी ४० किलोवाट पुर्याईएको हो ।

त्यस्तै २ सय ८० उपभोक्तालाई बृद्धि गरी ३ सय २० घरदुरी उपभोतmाले बिधुत सञ्चालनमा आएसँगै उपभोग गर्न पाउने भएका हुन् । नेपाल सरकार अन्र्तगत बैकल्पिक उर्जा प्रर्बदन केन्द्रमार्फत ४१ लाख २२ हजार पचास,अनुदान त्रिबेणि सहकारीबाट रिण स्वरुप १७ लाख ७० हजार, उपभोक्ता समुहबाट क्रिण स्वरुप १४ लाख २८ हजार , साम्सद बिकास कोष मार्फत १ लाख १ हजार २५, साविकको बुर्तिबाङ गाविसबाट १ लाख गरी कुल ७५ लाख २२ हजार ५० रुपैया लागतमा आयोजना निर्माण सम्पन्न भएको बताईएको । आयोजना पुनर निर्माणमा आयोजनाको कुलो १ सय १६ मिटर थप गरीएको छ । पावर हाउस नँया निर्माण गरीएको हो । त्यस्तै जेनेरेटर, ट्रान्समिटर, नभ्याम मेसिन, एनपि टेस्टिङ मेसिन नँया खरिद सँगै जडान गरीएको हो ।

एक बर्ष सम्म अन्धाकारमा बस्न बाध्य भएका स्थानीय उपभोतmाहरु बिद्युत सञ्चालनमा आएसँगै खुसि भएका छन् । उतm आयोजनाबाट ३२ण् घरदुरी उपभोक्ता सँगै सिमलचौर पम्पिङ सिँचाई आयोजना, ९ वटा पोल्ट्रि फर्म, ३ ग्रिल उधोग, २ कुटानी पिसानी मिल, २ फर्निचर उधोग, सञ्चालनमा आउने भएका हुन् । ढोरपाटन नगरपालीकाको वडा नँ २ स्थित सिमलचौर, रिनाम, भियालखर्क, डाँडा, कल्कटिबाङ, खप्तरीबाङ लगाएतका क्षेत्रमा बिधुत प्रबाह हुने भएको हो । आयोजना पुनर निर्माणमा वसियन कम्पनी बुटवलद्धारा जडान, धौलागिरी सामुदायिक श्रोत बिकास केन्द्र बागलुङ, जिल्ला उर्जा तथा जलबायु परिवर्तन साखा बाग्लुङले सहजिकरण गरेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *