रेसुँगा पोखरीमा स्नान गर्नाले भूलवस गरिएको पापबाट मुक्ति पाईने विश्वास !

प्रेम सुनार, गुल्मी २०७४ साउन १ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुँगामा आजदेखि १ महिने साउने मेला सुरु भएको छ । रेसुँगाको प्रचारप्रसारका लागि विगतका वर्षहरुमा मेला आयोजना गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिले यसवर्ष पनि मेला आयोजना गरेको हो ।

१ महिने मेलामा धार्मिक प्रवचनसँगै रुद्री–चन्डी, शिवजीको दैनिक पूजा सञ्चालन हुने रेसुँगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
धार्मिक स्थल रेसुँगामा पूजा गर्न छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा बागलुङ् प्यूठान, रुपन्देहीलगायत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । मेलाको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुँगाको पोखरीमा स्नान गर्दा भुलबस् गरेका पाप नष्ट हुने विश्वास गरिन्छ ।

धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडी यात्रामा उक्त स्थानमा पुग्न सकिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *