गल्कोट नगरपालिकाको प्रथम नगर सभा सम्पन्न

लक्ष्मण चालिसे गल्कोट २०७४ साउन १ । गल्कोट नगरपालिकाको आर्थिक बर्ष २०७४/७५ को लागी बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ ।

नगर प्रमुख भरत शर्माले बजेट बक्तव्य मार्फत बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन । आगामी आर्थिक बर्ष २०७४/०७५ मा आय तर्फ कर तथा राजश्व वाट रु २ करोड ६५ लाख ६७ हजार, राजश्व बाडफाड बाट रु । ५० लाख, अन्य आय वाट रु। ५० लाख गरी जम्मा रु ३ करोड ६५ लाख ६७ हजार अनुमान ड्ड बाह्य तर्फ अन्तर सरकारी बित्तिय हस्तानतरण बाट रु। ३६ करोड ५० लाख ७९ हजार, सामाजिक सुरक्षा तर्फ ९ करोड गरी कुल रु ४९ करोड १६ लाख ४६ हजार आय प्रस्ताव व्यय तर्फ चालु खर्च तर्फ ३ करोड ५५ लाख ११ हजार, विभिन्न कोष व्यबस्थापन तर्फ रु २ करोड १२ लाख, पूर्वाधार विकाश क्षेत्र तर्फ रु। ६ करोड बत्तिस लाख २८ हजार(४२.९५ प्रतिशत) , वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ रु। १ करोड ८२ लाख ११ हजार (१२.३७ प्रतिशत) , सामाजिक विकाश क्षेत्र तर्फ रु २ करोड ८२ लाख ४५ हजार (१९.१८ प्रतिशत) , आर्थिक विकाश क्षेत्र तर्फ रु। २ करोड ८६ लाख ६५ हजार (१९.२६ प्रतिशत) , वित्तिय व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ रु। ३९ लाख (२.६४ प्रतिशत) ,सस्थागत विकाश तथा सेवा प्रबाह क्षेत्र ५६ लाख ५० हजार (३.८३ प्रतिशत) तथा ससर्त अनुदान रु १५ करोड ७७ लाख ३६ हजार र सामाजिक सुरक्षा भता रु ९ करोड विनियोजन नगरपालिकाको लागी जग्गा तथा वडा कार्यालयहरुको ब्यबस्थापनको कार्यक्रम विशेष विकास कोषको पनि ब्यबस्था “कृषी, पर्यटन, जलश्रोत, स्थानीय सीप र पुर्वाधारः समृद्द गल्कोट निर्माणको मुल आधार”,All Weather Roads, घुम्टे पत्रकारिता पुरस्कार,’समृद्व गल्कोट निर्माणमा मेरो योगदान’ कार्यक्रम, ‘स्वस्थ्य म स्वस्थ्य नगर जस्ता महत्वपुर्ण कार्यक्रमहरु यस्ता छन् :

१ गल्कोट क्षेत्रका सञ्चार क्षेत्रको नबिकरण गरि ब्यवस्थित गरिनेछ । २ गलकोट नगरपालिका भित्र प्रत्येक बर्ष उत्कृष्ट एक जना पत्रकारलाई सम्मान गर्नका लागी घुम्टे पत्रकारीता पुरस्कारको ब्यवस्था गरिनेछ । ४ सस्कृतिको संरक्षणमा जोड दिईनेछ घ गलकोट नगरपालिका भित्रका सम्पुर्ण वाडमा ईन्टरनेट तथा टेलिफोनको ब्यवस्था गरिनेछ ५ सभाहल निर्माणका लागी पहल गरिनेछ । ६ महिलाका लागी उत्पादनसिल क्षेत्रका लाग्न बिशेष पहल गरिनेछ । ७ सामुदायीक बिकासका कार्यलाई अगाडि बढाईनेछ । ८ नगरपालिका भित्र एउटा कर्वड हल बनाईनेछ ९ भत्ता बितरणलाई ब्यवस्थित गरिनेछ । १० भष्टचार गरेको पाईएमा कडा कार्वाहि गरिनेछ । ११ बिपद व्यवस्थापन कोषको ब्यवस्था गरिनेछ । १२ ग्रामिण बस्तिमा एक घर एक धाराको ब्यवस्था गरिनेछ । १२ भत्ता बितरणलाई ब्यवस्थित गरिनेछ । १३ उन्नत जातका गाई तथा बिउबिजन बितरण गरिने १४ एक घर एक करेसाबारी नितिलाई अगाडि बढाईनेछ । १५ खेतियोग्य जमिनमा सिचाईको ब्यवस्था गरिनेछ १६ साना तथा घरेलु उद्योग सञ्चालनका लागी बिशेष पहल गरिनेछ । १७ प्रत्येक स्वास्थ सस्थामा बर्थिङ सेन्टरको ब्यवस्थापन गरिने १८स्नगर भित्रको फोहोर ब्यवस्थापन गर्नका लागी १९ प्रत्येक टोल टोलमा कुहिने र नकुहिने बस्तुको पहिचाहन गरिनेछ । २० गलकोट बहुमुखि क्यापसको शैक्षिक तथा भौतिक ब्यवस्थापन गरिनेछ । २१ आवश्यकता अनुसार सामुदायीक बिद्यालय खोलिनेछ । २२ नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरिने कार्यक्रममा उल्लख गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *