बडीगाडमा पहिलो गाउँ सभा सम्पन्न, झण्डै ३४ करोडको वजेट पारित

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन १ । बडिगाड गाउँपालिकामा आर्थिक वर्ष २०७४÷७५ को लागि ३३ करोड ८२ लाख ६६ हजार बजेट विनियोजन गरिएको छ । हिँजो सम्पन्न भएको पहिलो गाउँ सभामा अध्यक्षको तर्फवाट उपाध्यक्ष अम्मर वहादुर श्रीसले पेश गरेको बजेटमा पुँजिगत तर्फ १७ करोड ३२ लाख ६१ हजार तथा चालु तर्फ १६ करोड ५० लाख ५ हजार वजेट विनियोजन गरिएको हो। केन्द्र सरकारवाट प्राप्त हुने ३३ करोड १९ लाख ५१ हजार तथा आन्तरिक राजश्व ६३ लाख १५ हजार गरि सो रकम विनियोजन गरिएको हो। जसअन्तर्गत पूर्वाधार विकासमा १० करोड १५ लाख ५ हजार, सामाजिक विकासमा ३ करोड ६० लाख ७१ हजार, आर्थिक विकास तर्फ १ करोड ५२ लाख, वातावरण तथा विपद व्यावस्थापनमा ६७ लाख २० हजार, तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ८४ लाख ५५ हजार वजेट विनियोजन गरिएको छ। त्यस्तै ससर्त कार्यक्रममा चालु अन्तगर्त १२ करोड ७६ लाख ६५ हजार खर्च हुने भएको छ ।

गाउँसभाले साउन १ गते देखि नै लागु हुने गरि आर्थिक ऐन २०७४ तथा विनियोजन ऐन २०७४ लाई पनि सर्वसम्मत पारित गरेको छ। भने आर्थिक वर्ष २०७४÷७५ को वजेट तथा निति कार्यक्रमलाई पनि सर्वसम्मत पारित गरेको छ। नयाँ प्रस्तावित निति तथा कार्यक्रमवाट बडिगाड गाउँपालिकामा पहिलो पटक नक्सा र अनुमति विना घर निर्माण गर्न निशेध गरिएको छ। गाउँपालिकाले घर तथा वस्ति निर्माणमा समन्वय गर्ने जनाएको छ। निति तथा कार्यक्रम मार्फत सुकुम्वासी तथा भूमिहिनहरुलाई ३ वर्ष भित्र जग्गा व्यावस्थापन गर्ने, पहिरो जोखिममा परेका वस्तीलाई सुरक्षीत स्थानमा स्थानान्तरण गर्ने लगाएतका योजना अगाडि सारेको छ।

गाउपालिका भित्र एक घर एक धारा कार्यक्रम संचालन गर्ने, प्रत्येक वडामा एक वाली एक क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ। कृषि कार्यक्रम संचालनको लागी प्रत्येक वडामा १०÷१० लाखको वजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासको लागी विज्ञहरुको समुह निर्माण गरि योजनावद्ध विकाश आयोजना संचालन गर्ने घोषणा गरिएको छ।

वडिगाड गाउँपालिकाको वडा नं. १ तुन्डाडामा मौरिपालन, अलैंची खेति, टिमुर खेति, चिउरी खेति तथा बाख्रा पालन व्यावसायलाई प्रवद्र्धन गर्ने, वडा नं. २ खर्वाङ क्षेत्रमा फलफुल खेति लाई प्रवद्र्धन गर्ने, वडा नं. ३ शिसाखानीमा सुन्तला र पलमको पकेट क्षेत्र निर्माण गर्ने, वडा नं. ४ जलजलामा टिमुर, लसुन, किवि लगाएतको खेति संगै बाख्रा फर्म संचालन गर्ने, वडा नं. ५ मा पशुपालन, दुग्ध उत्पादन तथा खाद्यन्न उत्पादन क्षेत्रको रुपमा विकास गर्ने, वडा नं. ६ मा फलफुल तथा भटमास र सिलाम तथा बाख्रा पालन कार्यक्रमलाई प्रवद्र्धन गर्ने, वडा नं. ७ भिमगिठेमा फलफुल खेति, बाख्रापालन, जडिवुटि उत्पादन केन्द्रको रुपमा विकास गर्ने, वडा नं. ८ रणसिंहमा ट्राउट माछापालन, भिरमौरि प्रवद्र्धन तथा भेडिखोर संचालन गर्ने, वडा नं. ९ तल्लो दर्लिङमा फलफुल, भटमास, सिलाम, फपर खेतिलाई प्रवद्र्धन गर्ने तथा वडा नं. १० उपल्लो दर्लिङमा ओखर, आलु खेति, अलैंची, टिमुरको खेति, जडिवुटि उत्पादन, बाख्रापालनलाई व्यवस्थित गर्ने लगाएतका योजना निति तथा कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ।
शैक्षिक गुणस्तर वृद्धिको लागी “शैक्षिक समानता, गुणस्तरीय शिक्षामा एकता, बडिगाड गाउँपालिकाको प्रतिवद्धता” भन्ने नारालाई सार्थक तुल्याउन विद्यालयलाई राजनैतिक हस्तक्षेप मुक्त क्षेत्र निर्माण गर्ने प्रतिवद्धता निति कार्यक्रममा जनाइएको छ। ७५ प्रतिशत भन्दा कम विद्यार्थी उत्तिर्ण गराउने शिक्षकलाई कार्वाहि गर्ने, शसुल्क ट्यूसन तथा कोचिङ कक्षा बन्द गर्ने तथा सो भन्दा वढि विद्यार्थी पास गराउने शिक्षकलाई पुरस्कारको व्यावस्था गर्ने घोषणा गरिएको छ।

खर्वाङ, न्वारा, खौलार हुँदै भिमगिठे सम्मको क्षेत्रलाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने महत्वकांक्षि योजना पनि अगाडि सारिएको छ। विभिन्न क्षेत्रमा आकाशे पुलको निर्माण गरि आकाशे पुलको गाउँपालिकाको रुपमा विकास गर्ने योजना निति तथा कार्यक्रममा समेटिएको छ।

मादक पदार्थ प्रयोगलाई नियमन गर्ने तथा जुवा जन्य खेललाई पुर्ण रुपमा प्रतिवन्ध लगाउने घोषणा गरिएको छ।
वडिगाड गाउँपालिकामा पहिलो पटक घरकर सुरु हुने भएको छ।

बजेटमा प्रत्येक वडामा सबा करोड भन्दा वढिका योजनाको लागी बजेट विनियोजन गरिएको छ। यसैविच
प्रथम गाउँ सभाको उद्घाटन गर्दै नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुुनिल शेरचनले दुर्गमवाट विकास कार्य सुरु गर्न सभालाई सुझाव दिनुभएको थियो। कार्यक्रममा नेपाली काग्रेसका यामेन्द्र घर्ति, राष्ट्रिय जनमोर्चाका भिमसेन वन, नेपाल कम्यूनिष्ट पार्टिका राम वहादुर कुँवर, पत्रकार कमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
े।
कार्यक्रम गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाको अध्यक्षता, वडा नं. २ का वडा अध्यक्ष तथा प्रवक्ता विष्णु भुसालको स्वागत मन्तव्य तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *