निसीखोलामा साढे २८ करोड र बडिगाडमा ३४ करोडको बार्षिक बजेट पेस

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार ३१ । निसीखोला गाउँपालिकाले आज आफ्नो पहिलो गाउँसभाबाट आर्थिक बर्ष २०७४÷७५ को लागि बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा कुल २८ करोड ३५ लाख ४६ हजारको बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

जसअन्तरगत वित्तिय समानिकरणतर्फ रु १८ करोड ५१ लाख २२ हजार ५ सय, ससर्ततर्फ ९ करोड र चालुतर्फ २२ लाख २४ हजार ५०० विनियोजन गरिएको छ । त्यस्तै, पूँजिगतर्फ कुल बजेटको १८ करोड ८२ लाख ५ हजार र विकासतर्फ कुल बजेटको ११ करोड, ३४ लाख २१ हजार ५ सय विनियोजन गरिएको छ ।

त्यस्तै, भनवनिर्माणको लागि १४ करोड, सिपविकास तथा सचेतनाको लागि ७ लाख, कृषि नर्सरीका लागि १ लाख ८६ हजार ५ सय, लक्षित समूहका लागि ५१ लाख ६० हजार, वालविकासको लागि २ लाख ७३ हजार, औषधि खरिदको लागि ३ लाख, संचारक्षेत्रको लागि ८ लाख ५० हजार, कृषि सडककाले लागि ४२ लाख, वडा कार्यालयको मर्मतको लागि ७ लाख र इलाका प्रहरी कार्यालय भवनको लागि ४ लाख विनियोजन गरिएको छ ।

गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गाउँपालिका सञ्चालनको लागि आवश्यक ५ वटा कानुन सम्बन्धि विद्येयक पनि पेस गर्नुभएको थियो । साथै उहाँले पारित गरिएको बजेटले समेट्ने योजनाहरुलाई स्थानीय बजेटबाटै संबोधन गरिने र बाँकी ठूला गुरुयोजनाहरुलाई सम्पन्न गर्नको लागि केन्द्रिय बजेटको माग गर्ने बताए । बजेटमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन विकास, कृषि आधुनिकीकरण तथा लक्षित बर्गको उत्थान गर्ने नीति तथा कार्यक्रम ल्याइएको छ ।

कार्यक्रममा गाउँकार्यपालिका सदस्य महेनद्रकुमारी घर्ति, वडा नं १ का अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा, वडा नं. ३ का अध्यक्ष जुनविक्रम शाही तथा वडा नं. ३ का सदस्य नरबहादुर शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षता तथा कार्यकारी अधिकृत सञ्जय अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी, बडीगाडखोला गाउँपालिकामा आज ३३ करोड ८२ लाख ४३ हजार बराबरको बार्षिक बजेट बजेट, नीति तथा कार्यक्रम पेस गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष अम्बरबहादुर श्रीसले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा पँुजिगततर्फ रु १६ करोड १६ हजार १५ हजार, चालुतर्फ रु ३ करोड ४७ लाख ४० हजार, ससर्त १२ करोड ७६ लाख ६५ हजारको नीति तथा कार्यक्रम राखिएको छ । बजेटमा आन्तरिक राजश्व संकलनतर्फ ६३ लाख १५ हजार समेटिएको छ ।

त्यस्तै, विकास पूर्वाधारतर्फ गाउँपालिकाका १० वडामा गरी रु १० करोड ७० हजार विनियोजन गरिएको छ भने लक्षित वर्गको लागि १ करोड ३६ हजार विनियोजन गरिएको छ । त्यस्तै, बजेटमा एक वडा एक कृषि कार्यक्रम समेटिएको छ, त्यसका लागि १० लाख विनियोजन गरिएको छ । त्यस्तै, वातावरण तथा जलस्रोत संरक्षणको लागि एक वडा एक पोखरी कार्यक्रम पनि राखिएको छ, जसका लागि कुल बजेटको १० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रत्येक वडामा विजुलीको पोल खरिद गर्नका लागि १ करोड विनियोजन गरिएको छ ।

प्रथम गाउँसभामा प्रमुख अतिथीको रुपमा बोल्दै नेकपा एमाले संघीय मामिला तथा केन्द्रिय विभाग सदस्य सुनिल शेरचनले सफलतापूर्वक आगामि बर्षको बजेट पारित गरेकोमा शुभकामना व्यक्त गरे । उनले बार्षिक नीति तथा कार्यक्रममा समेटिएका लक्षहरु अत्यन्तै सान्दर्भिक भएकोले त्यसलाई पुरा गरी समृद्ध गाउँपालिका बनाउन स्थानीय स्रोत र साधनहरुको अधिकतम सदुपयोग गर्न आग्रह गरे । त्यस्तै, कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका हेमेन्द्र घर्ति, राष्ट्रिय जनमोर्चाका भिमसेन वन लगायतले विकाससँग सम्बन्धित हरेक गतिविधिमा अधिकतम रुपमा जनसहभागिता रहेको खण्डमा मात्र बजेटको उद्देश्य पुरा हुने धारणा व्यक्त गरेका थ्एि ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता र कार्यकारी अधिकृत दुर्गा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *