स्व. उपाध्यायको निधनमा सिवाईसीव्दारा दुःख एवं समवेदना व्यक्त

सुमन जि.सी, बागलुङ २०७४ असार ३१ । चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले स्व. नारायणदत्त उपाध्यायको मिति २०७४ असार २९ गते भएको असमयिक निधनप्रति दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका सदस्य कर्णवहादुर हमाल र होमवहादुर हमाल तथा संस्थाका शुभचिन्तकहरु नगेन्द्रवहादुर हमाल, मकरवहादुर हमाल, र पूर्णवहादुर हमालका पुज्यनीय पिता तथा संस्थाका सदस्य कृष्णकुमारी हमालका पुज्यनीय ससुरा समेत रहेका संस्थाका जेष्ठ सदस्य स्व. उपाध्यायको ८१ वर्षको उमेरमा भएको निधनमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले स्व. उपाध्यायको निवासमै पुगेर श्रद्धाञ्जली सभाको आयोजना गरी शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।

श्रदाञ्जली सभामा सिवाईसी नेपालको तर्फवाट संस्थाका संरक्षक पद्मनाथ शर्मा पौडेल र सिवाईसी साकोसको तर्फवाट संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठले समवेदनापत्र परिवारलाई हस्तान्तरण गरेका थिए भने सिवाईसीका सल्लाहाकार जगन्नाथ आचार्यले संस्थाको नियमानुसार अध्र्वदैहीक कर्मका लागि रु. ३० हजार उपाध्याय परिवारलाई हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै संस्थाका अध्यक्ष पौडेलले स्व. उपाध्याय सबैको आस्थाको केन्द्र भएकाले उहाँलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. उपाध्यायले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *