दरमखोलामा झोलुंगे पुल निर्माण

थम्मन थापा सन्देश,गल्कोट २०७४ असार ३१ । नगरपालिका ७ बामिया र वडा नं ३ हटिया जोडने दरम खोलामा झोलुङगे पुल निर्माण सम्पन्न भए सॅगै हस्तान्तरण गरिएको छ । ८७ मिटर लम्बाई रहेको पुल नगद रु ३३ लाख २२ हजार ४ सय ५ रुपैयॉको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । पुल निर्माणको लागि जिल्ला समन्वय समिति बागलुङबाट रु १ लाख ७ सय ७१, गाविस बाट रु १ लाख १२ हजार २ सय ६० सहयोग प्राप्त भएको थियो भनें रु ६८ हजार ३ सय २३ रुपैयॉको स्थानियले जनश्रमदान गरेका छन । आर टि ए पि पोखराका प्राविधिक अधिकृतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गलकोट खबर डट कम अनलाईन प्रमुख थम्मन थापा सन्देश र भिमपोखरा युवा कल्वका सामाजिक परिचालक प्रेम बहादुर केसीले मन्तव्य राखेका थिए ।

गत माघ २० गतेबाट निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य हिजो सम्पन्न भएको हो । नर बहादुर थापा मगरको अध्यक्षतामा ५ सदस्यीय पुल मर्मत तथा सम्भार समिति समेत गठन गरिएको छ । समितिको सचिवमा रत्न बहादुर मल्ल, कोषाध्यक्षमा पुतली दर्जी, सदस्समा टिका बहादुर खडका रहनुभएको छ भनें पुल हेरालुको रुपमा मन बहादुर दर्जी लाहुरेलाई चयन गरिएको छ । पुल निर्माण भएपछि स्थानियलाई आवतजावतमा थप सहजता भएको छ । त्यहॉ रहेको पुरानो झोलुङगे पुल जिर्ण भएपछि नयॉ पुल निर्माण गरिएको हो । कार्यक्रम चिसापानी झोलुङगे पुल निर्माण समितिका उपाध्यक्ष नर बहादुर थापा मगरको अध्यक्षता र सचिव रत्न बहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *