क्यान्सर पीडित श्रीमतीको उपचारमा सहयोग गर्न श्रीमानका अपील

थम्मन थापा सन्देश, गल्कोट २०७४ असार ३१ । गलकोट नगरपालिका ७ मल्म सिरबारेकी एक दलित महिलालाई आर्थिक अभावले उपचारमा समस्या भएको छ । टेक बहादुर दमाईकी श्रीमती ५४ वर्षिय कौशिला दमाई बिगत २ महिना देखि घाँटीको क्यान्सरबाट पिडित बनेकी हुन । उनको पोखरामा सामान्य उपचार पछि विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा अहिले उपचार भईरहेको छ । आर्थिक अवस्था कमजोर भएकी उनी निसन्तान महिला हुन ।

कसैको साहरा समेत नभएको र आर्थिक अभावले उनी अस्पतालको शैयाबाट मृत्यु सॅग लडिरहेको उनका आफन्त डिल बहादुर परियारले जानकारी दिएका छन । उनको उपाचार गर्न नगद रु ५ देखि ६ लाख सम्म लाग्ने अस्पतालले जनाएको छ । अहिले उनलाई उपचारमा सहयोग रसिदबाट करिब ४५ हजार संकलन गरिएको परियारले बताए । उनको जीवन रक्षाको लागि उपचारमा आर्थिक सहयोग गरिदिन उनका श्रीमान टेक बहादुर दमाईले सबै सॅग आग्रह गरेका छन ।

उनको अहिले प्रत्येक २१ दिनमा किमो चढाउने काम भईरहेको बताईएको छ । श्रीमतीको यस्तो अवस्था छ उपचार गर्न पैसा छैन अस्पतालले ६ लाख लाग्छ भन्छ कसरी बचाउने क्यान्सर पिडित दमाईका श्रीमान टेक बहादुर दमाईले दुखेसो पोखे । उनको उपचारार्थ दलित सञ्जाल मल्मले समेत रु ५ हजार सहयोग प्रदान गरेको सञ्जालका अध्यक्ष ललित मरासिनीले जानकारी दिए । मरासिनीले उनको उपचारमा सहयोग गरिदिन सबै सॅग अपिल समेत गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *