यस्तो आत्मघाति राजनीतिले कोही बाँच्न सकिएला ?

प्रेम सुनार, गुल्मी, २०७४ असार ३१ । हिजो गुल्मीमा सामाजिक सञ्जाल मार्फत छताछुल्ल पारिएको एक अडियो काण्डले धेरैलाई गम्भीर र चिन्तीत बनाएको छ । अव यो फोन र फेशवुक भन्ने प्रविधी आत्माघाती बम जस्तै बन्ने हो कि भन्ने यहाँका बुद्धिजीवीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । फोन जस्तो कुरा हरेक व्यव्क्तिको नितान्त गोपिनियताको अधिकार संग जोडिएको चिज हो । कसैको कल रेकर्ड सार्वाजनिक गर्दै जाने हो भने अव कुनै न कुनै मानिस आत्महत्या समेत गर्न सक्छ, सजिलै जो कोही चरित्र हत्या गर्दै समाजको होनाहार व्यक्तिको भविश्य पनि चकनाचुर हुन जान्छ ।

चुनाव ताकाको फोन रेकर्ड कै कुरा गर्ने हो भने यो हिजो बाहिर आएको काण्ड भन्दा डर लाग्दा घटना समेत बाहिर आउन सक्छन् । चुनाव ताका आफ्नो पक्षमा मत ल्याउनका लागि व्यक्तिगत भेटमा होस वा फोनमा प्रलोभन दिने कुरामा कुनै दलका कुनै नेता चुकेका छैनन् भन्दा फरक नपर्ला । एक चोटी स्वस्थ्य प्रतिष्पर्धाको राजनीति गर्न रुचाउनेहरुले गम्भीर भएर सोच्ने वेला आएको छ । यति हिजोको प्रबृत्तीलाई बढवा दिदै जाने हो भने कुनै न कुनै दिन तपाईमाथी पनि फोन र फेशवुक आत्माघाती वम बनेर पड्कीन सक्छ र तपाईको राजनैतिक जीवन ध्वस्त हुन सक्छ । हिजो नेकपा एमालेका एक जना नेताले २५ हजार दिएको र थप एक लाख दिने फोन रेकर्ड जुन बाहिर आएको छ त्यो सुनियोजित रुपमा फसाउन खोजिएको प्रष्ट बुझ्न सकिन्छ ।

पैसा लिन न चाहेकै भए किन वार्गेनिङ्ग गर्ने ? यति त्यो कल रेकर्ड उनै नेताको हो भने पनि उनले सुरुमा नजिकको साथी भाईको नाताले कार्यापालिकाको चुनावमा सहयोग गरी दिन आग्रह गरेका छन् । जव जवाफमा पैसा कै वार्गेनिङ्ग स्वयम ती कांग्रेसजनले गर्न थालेका छन् । म मात्र होईन , मेरो मान्छे अरु पनि धेरै छन भनेर उनले भन्नु वार्गेनिङ्ग पक्कै हो । यदी उनलाई पैसाको प्रलोभनमा पर्नु थिएन र अस्वस्थ्य राजनीति गर्नु नै थिएन भने उनि उनले बोलाएको भनिएको ठाउँमा पैसा लिन किन गए ? यति ठुलो अडियो काण्ड बाहिर ल्याउन सक्नेले किन त्यो उनले पैसा दिएको भन्ने ठाउँमा रङ्गे हात तस्वीर खिच्ने व्यवस्था मिलाउन सकिएन ?

चुनावमा किन्न चाहने संग बेचिन को चाहेको छ ? त्यसै अडियो रेकर्डले बताउँ छ । कति सम्म आत्मघाती खेल खेलिएको छ , एउटै पेटको दाजु भाई जस्तो भएर आन्तरिक भालाकुसरी गर्ने अनि पछि गएर त्यति डर लाग्दो राजनीति गर्ने । यस्तै गर्ने हो भने अव पालै पालो सवै नेताहरुको चरित्र नास र बनिवास हुन सक्छ । स्वस्थ प्रतिष्पर्धात्मक राजनीतिमा यस्तो कु–संस्कारको विकासलाई बढवा चुनावको मुखमा आएर गुल्मीको रुरुबाट दिईयो । एउटा सुन्दर राजनीति भविश्य बोकेको २७ वर्षिय युवा यदु ज्ञवालीलाई ६ वर्ष पुरानो कुनै युवती संग हेलो हाईको विषय उठाएर ठुलो तनावमा पारियो ।

उनलाई चुनावमा जित हारको भन्दा पनि चरित्र हत्याको पीडाले मानसिक रुपमा निकै थला पा(यो । कल रेकर्ड खोज्दै जाने हो भने यो देशका सडक मजदुर देखि सदन सम्मका अधिकांस मानिस डर लाग्दा यौन काण्डमा फस्न सक्छन् । यौनिक मामिलामा प्रायःकोही पनि दुधले नहुाएका छैनन् । त्यस्तै आर्थिक चलखेलको कल रेकर्ड खोज्ने हो भने ठुला ठुला नेता र मन्त्रीहरु करोडौंको वार्गेनिक गर्दै गरेको पाईने छ ।

हिजो ती एमाले नेतालाई कल रेकर्डबाट होईन उनले त्यो २५ हजार दिएकै भए तस्वीर नै खिच्ने व्यवस्था मिलाएर फसाउन सकिन्थ्यो । जवकी उनी आफैले पैसा लिन बोलाएको भनेपछि उनलाई रङ्गे हात फसाउने ठुलो मौका मिलेकै थियो । तर ती कांग्रेसजने ताप्केको माछो फुत्काएर कुरमा हात लगाएका छन् । उनले इमानको राजनीति गर्न खोजेको भए पैसाको प्रलोभन देखाउने ती एमालेका नेतालाई फोनमै झपार्नु सक्नु पर्ने हो ।

के ठान्नु भएको छ , के दलितहरु भेंडा बाख्रा हुन र जस्ता शव्दको त्यो कल रेकर्ड हुन्थ्यो भने उनले फसाउन खोजेको बाजी पक्कै मार्ने थिए । सत्य तथ्य के हो ? भोली छानविनले बताउला तर हिजो कांग्रेसजनको पत्रकार सम्मेलनमै गरिएको एमाले नेता प्रति आरोपको समाचार हामीहरुले लेख्नै पर्दछ र लेखियो यद्येपि त्यो समाचार भित्रको समाचार लेख्नै पर्ने देखेर आफ्ना विचार र केहि प्रबुद्ध व्यक्तिहरुको समेत विचारलाई समिश्रण गरी यो पंक्ति लेखिएको हो । फोन रेकर्ड काण्डकै कुरा गर्नु पर्दा रामकुमारी झाँक्री काण्डले पनि उनको राजनैतिक भविश्यमा निकै असर गर्ने हो कि भन्ने चिन्ता बढेको छ ।

यसर्थ सत्यको राजनैतिक गरौं । प्रतिवाद गर्नु नै छ भने पनि मानवीय संवेदनालाई ख्याल गरेर मात्र गरौं । जालझेल षडयन्त्रको राजनीति गर्ने नै हो भने हामीले भयङकर डरलाग्दा र जोखिम युक्त राजनैतिक यात्रामा छौं भनेर बुझ्नु होला । आज एउटा विपक्ष राजनैतिक दलको सहकर्मीको छातीमा बजारिएको त्यो फेशबुक र फोन रेकर्डको आत्माघाती वम भोली तपाईको छातिमा पनि बज्रिन सक्छ । यस्तै गर्ने हो भने अव कसैको पनि भविश्य सुरक्षित छैन् । मानवीय स्वभाव न हो जो कोही फोनमा आफुले नजिक बनाएका मानिसहरु संग जस्तो पनि बोलिन्छ । त्यसरी फोन रेकर्डलाई हतियार बनाउने हो भने जो जसले प्रयोग गरेरै भए पनि जो कोहीको जीवन ध्वस्त पार्न सकिन्छ । यस प्रति सवै गम्भीर बनौं ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *