बागलुङ सदरमुकाममा पहिलो पटक सिएचाइटिएफ तेक्वान्दो प्रशिक्षण सुरु हुदै

डम्मर बुढा मगर, बागलुङ २०७४ असार ३१ ।नेपाल चान हुन अन्तरास्ट्रिय तेक्वान्दो महासघंद्वारा प्रमाणपत्र प्राप्त गरेका अनुप बुढा मगरले बागलुङ नगरपालिका ३ श्रीजना चोकमा अवस्थित आदर्श विधामन्दिर माविमा साउन महिनाको पहिलो साता देखि प्रशिक्षण सुरु गर्ने भएका छन। विद्यालयका अध्यक्ष लगायतका विद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरु सगंको सम्झौता पछि खेल सुरु गर्ने भएको हो ।

नेपालमा खेलाडीको संख्या र डोजाङ स्कुलको संख्या बढाएर नेपाल राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्ने हेतुले डोजाङहरु खोलिएको बताइएको छ। आफू र आफ्नो महासघंलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा सहर्ष चिनाउने ठूलो इच्छा बोकेकोले यो खेल खेलाउन सुरु गरेको प्रशिक्षक बुढा मगरले बताएका छन।

विद्यालयका अध्यक्ष कर्ण बहादुर क्षेत्री, प्रधानाध्यापक रेसम बहादुर के सी र लेखापाल शिव केसी लगाएतका विद्यालयका कर्मचारीहरुसगंको छलफलमा मगरले प्रशिक्षण सुरु गर्ने निधो गरिएको हो ।बिव्यसका अध्यक्षका अनुसार खेलाडीको संख्या ८० देखि १०० जना सम्म हुने अनुमान गरिएको छ । साथै प्रशिक्षक मगरलाई उक्त विद्यालयको खेलकुद संयोजक बनाइने बताइएको छ। प्रशिक्षक बुढा मगर नेपाल छाङहिन अन्तरास्ट्रिय तेक्वान्दो महासघंका राष्ट्रिय प्रशिक्षक, निसीखोला गाउँपालिका खेलकुद परिषदका संयोजक समेत हुन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *