ताराखोला गाँउपालिकामा १८ करोडको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

घनश्याम गौतम गल्कोट २०७४ असार ३० । ताराखोला गाँउपालिकामा १७ करोड ९० लाख ७१ हजार बराबरको निति तथा कार्यक्रम आज गाँउसभा मार्फत सार्बजनिक गरिएको छ ।

सभालाइ सम्बोधन गर्दै ताराखोला गाँउपालीकाका प्रमुख प्रकाश घर्तिमगरले आर्थिक बर्ष २०७४/०७५ को लागी बजेट निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् । उनले सशर्त अनुदानतर्फ ६ करोड ४८ लाख ३८ हजार बराबरको बजेट बिनीयोजित भएको बताए । आन्तरिक राजस्व तर्फ २० लाख ७५ हजार, सामानीकरण अनुदान तर्फ १० करोड ७३ लाख ५८ हजार बिनियोजीत भएको बताए । संघीय संरचना र पुर्वाधार बिकासको लागी ४८ लाख बिनियोजन भएको छ ।

घर्तीले सडकलाई उच्च प्राथमिकताका साथ रकम बिनियोजित गरिएको बताउदै स्थानिय यातायात पुर्बाधार बिकास कार्यक्रममा सडक निर्माण तथा मर्मतको लागी ३ करोड २४ लाख ४८ हजार रकम बिनियोजित भएको जानकारी दिए ।

लक्षित बर्गको लागी प्रयाप्त बजेट बिनीयोजीत गरीएको छ । जसमा महिला नेतृत्ब बिकास सिपमुलक तालिमको लागी ४ लाख ३२ हजार दलित तथा जनजातिलाई समान ४ लाअ ३२ हजार, युवा १ लाख ९२ हजार, फरक क्षमता ४ लाख ३२ हजार ज्येठ नागरिकको लागी १ लाख ९२ हजार र बालबालिकाको लागी ४ लाख ३२ हजार बजेट गरि कुल १९ लाख ६८ हजार बिनियोजीत भएको छ । आबाज कृषि बन तथा बिकास आयआर्जन कार्यक्रमको लागी ९९ लाख ८४ हजार रुपैया बजेट बिनीयोजीत गरिएको छ ।

बिद्यालय क्षेत्र सुधारको लागी १ करोड ३६ लाख ३२ हजार बजेट बिनीयोजन भएको छ । आबाज स्बास्थ्य सरसफाई तथा फोहोरमैला ब्यबस्थापनको लागी १९ लाख २० हजार रकम बिनीयोजीत भएको छ । आबाज ढल निकास र खानेपाली तर्फ २१ लख ६० हजार रुपैया बिनीयोजित भएको घर्तिले जानकारि दिए ।

सामाजीक भबन तथा पुर्वाधार बिकासको लागी ५४ लाख ८६ हजार ३ सय ८३ रुपैया बजेट बिनीयोजन भएको छ । ऋाबाज प्र्रयटन प्रबर्धनको लागी १४ लाख ४० हजार बराबरको निति कार्यक्रम निर्माण भएको छ । आबाज आन्तरिक राश्ब पुजिगत तर्फ मर्मतको लागी ७ लाख ६८ हजार रुपैया बिनियोजीत भएको छ ।

निति तथा कार्यक्रममा गांउपालीकाले सामुदायिक रेडियो सञ्चालनको लागी ७ लाख बजेट बिनियोजन गरेको छ भने समानीकरण चालु अनुदान प्रशासनिक तर्फ ३ करोड ३३ लाख ४३ हजार रुपैया बिनयोजन गरेको छ ।

तारखोला गाँउपालीकाले आर्थिक बर्ष २०७४/०७५को लागी बजेट निति तथा कार्यक्रममा महिला बालबालीका, दलित जनजाती एब समष्टीगत रुपमा समाबेसी बजेट राखीएको जनाएको छ । प्रमुख घर्तिमगरले एक बर्षे तथा तिन बर्षे र पाच बषे कार्यक्रमहरु बढि प्राथमिकताका राथ राखीएको बताउदै, आबश्यकताको आधारमा बिचार गोष्टी, बैङका स्थापना, सामुदायिक रेडियो र अनलाईन पत्रिका, फोहोरमैला ब्यबस्थापन, प्लाष्टिक मुक्त गाउँपालिका घोषणा, शिक्षा स्बास्थ्य बिभिन्न तालीम गाउँपालीकामा हरेक सरकारी कार्यलयमा ईन्टरनेटको ब्यबस्था गर्ने लघु उध्यम बिकास, नेपाली कागज खानी ढङ्गा लगाएतका कार्यक्रम एक बर्षे नितिमा समाबेस गरेको छ ।

मध्यकालीन तथा तिन बर्षमा गर्ने निति कार्यक्रममा बिकासको गतिलाई तिब्रता दिने हरेक ठुला आयोजनाको गुरुयोजना बनाएर अगाडि बढ्ने निती तथा कार्यक्रमामा उल्लेख भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *