निसीखोला र बडिगाडखोलामा स्थानीय बजेट भोली पेश गरिने

बुर्तिवाङ २०७४ असार ३० । निसीखोला गाउँपालिका र वडीगाडखोला गाउँपालिकामा भोली शनिबार बजेट घोषणा हँुदैछ । आर्थिक बर्ष २०७४÷७५ को बार्षिक बजेट, नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको दुवै गाउँपालिकाका अध्यक्षहरुले बताएका छन् ।
निसीखोला गाउँपालिकामा आज गाउँकार्यपालिकाबाट बजेट सिलिङ, नयाँ आर्थिक बर्षको आम्दानी तथा खर्चको निर्धारण, नीति तथा कार्यक्रमको तर्जुमा गरी बजेट वक्तव्य समेत तयार गरिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । पौडेलका अनुसार भाली विहान १० बजे नै गाउँसभामा बजेट पेश गरिने छ ।

त्यस्तै, बडिगाडखोला गाउँपालिकामा भने विहिबार नै सम्पूर्ण तयारी पुरा भएपनि गाउँपालिकाका वडा अध्यक्षहरु विभिन्न निर्माण समितिको संयोजक भएकाले पनि योजना पर्छौटको लागि बागलुङ जानुपर्दा आज बजेट पेश गर्न नसकिएको बताइएको छ । आगामी बर्षको बार्षिक बजेट, नीति तथा कार्यक्रम भोली ३१ गते घोषणा गरिने गाउँपालिका अध्यक्ष मेहरसिङ पाइजाले जानाकारी दिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत असार २५ गते नै स्थानीय निकायहरुले स्थानीय बजेट गाउँसभा तथा नगरसभामा पेस गर्ने निर्देशन दिएपनि कानुन नबनिसकेको र निर्देशिकाबाट काम गर्दा झन्झटिलो भई ढिलो भएको स्थानीय जनप्रतिनीधिहरुले प्रतिक्रिया दिएका छन् । जिल्लाका सबै स्थानीय तहहरुले असार मसान्तभित्र स्थानीय बजेट घोषणा गर्ने गरि तयारी गरिरहेको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *