स्व. नन्द कुमारी श्रेष्ठको पाँचौ पूण्य तिथिमा श्रद्धान्जली सभा

सुमन जि.सी, बागलुङ २०७४ असार ३० । चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य हिमालयप्रकाश श्रेष्ठ र चयनदेवी श्रेष्ठ तथा संस्थाका शुभचिन्तक श्री प्रकाश श्रेष्ठ, चन्द्रविन्दु श्रेष्ठ, वीरेन्द्र प्रकाश श्रेष्ठ, ईन्दु प्रकाश श्रेष्ठ, मधुपर्क प्रकाश श्रेष्ठ, स्वयं प्रकाश श्रेष्ठका ममतामयी माता तथा संस्थाका सदस्य भारतीदेवी श्रेष्ठका ममतामयी सासू बा.न.पा.–३, बागलुङ बजार निवासी समाजसेवी क्रियाशील व्यक्तित्व स्व. नन्दकुमारी श्रेष्ठको ९१ वर्षको उमेरमा मिति २०७४ असार २६ गते भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ५ औँ दिनको पुण्य तिथीको क्रममा स्वर्गिय श्रेष्ठको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाको नियमानुसार अध्र्वदैहीक कर्मका लागि रु. १५ हजार श्रेष्ठ परिवारलाई उपलव्ध गराएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *