बरिष्ठ नेता पशुपति शम्सेर राणाले पार्टी अध्यक्ष कमल थापालाई दिए यस्तो चेतावनी !

राप्रपा भित्र पुरानो राप्रपाको भूत कायमै देखेर पार्टीका आम कार्यकर्ताहरुमा निराशा !

बागलुङ २०७४ असार ३० । राप्रपाका बरिष्ठ नेता पशुपति शम्सेर जबराले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रिय सदस्यहरु मनोनित गरेकोमा पूर्ण असहमती जनाउदै यो मनोगत एकल निर्णय र कार्यले पार्टीमा अनिष्ट र बिग्रहको स्थिति पैदा गर्ने भय व्यक्त गरेका छन् ।

विज्ञप्तीमा राणाले साउन ४ गते केन्द्रिय समितिको बैठक डाकिएको अवस्थामा केन्द्रियस्तरका नेताहरुलाई सुँर्ईको सम्म नदिई केन्द्रिय समिति बिस्तार गरिएको घटनाले राप्रपालाई अध्यक्षको एकल विर्तामा रुपान्तरण गरिएको भन्दै यसको घोर निन्दा र भत्सर्ना गरेका छन् ।

राणाले अध्यक्षलाई यो निर्णय फिर्ता लिएर पार्टीलाई आन्तरिक व्दन्व्दमा फस्न बाट बचाउन पनि आग्रह गरेका छन् ।
विज्ञप्तीमा राणाले राप्रपा, पूर्व राप्रपा र पूर्व राप्रपा नेपालको एकीकृत स्वरुप भएकोले महत्वपूर्ण निर्णयमा केन्द्रिय तहका सबै नेताहरुको परामर्श र सहमतिमा निर्णय गरिनु पर्ने समेत उल्लेख गरेका छन् ।

हिँजो असार २९ गते मात्र अध्यक्ष थापाले पार्टीका बरिष्ठ नेता विश्ववन्धु थापालाई केन्द्रिय सदस्यमा मनोनित गरेको पार्टी कार्यालयले प्रेस विज्ञप्ती जारी गरेको थियो ।

आम कार्यकर्ताहरुले नेताहरुको यस्तो वक्तव्यबाजीले राप्रपा भित्र पुरानो राप्रपाको भूत कायम रहेकोमा चिन्ता व्यक्त गर्दै अबपनि पुरानो राप्रपा भन्दै भाउ खोज्न नछोड्ने हो भने पार्टी कसरी एकीकरण भएर अहिलेको राप्रपा निर्माण भएको हो त ? भन्ने प्रतिप्रश्न गर्न थालेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *