मलेसियामा ज्यान गुमाएका रिनामका खनालको शव भोलि नेपाल आउने

बिमल खड्का बुर्तिवाङ २०७४ असार ३० । बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका वडा नम्बर- २, साबिक बुर्तिबाङ-५ का रिनामका ५२ बर्षिय जिवलाल खनालको शव असार ३१ दिउसो १२ : ०५ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल आउने भएको टिकटमा उल्लेख गरिएको छ ।खनालको पोष्माटम गरेर कम्पनिले उनको शव नेपाल पठाउन लागेको हो ।,

खनाल मलेसियामा बिगत दश बर्ष यता रोजगारका लागी कार्यरत रहेका थिए आईतबार घरमा पैसा पठाएर कोठामा फर्कदा गाडीको ठक्करबाट उनको मृत्यु भएको थियो ।

खनालको क्षेतीपुर्तिका लागी कम्पनीमा निवेदन पेस गरेको बताएको छ । खनाललाई कुन गाडीले हान्यो भन्ने पत्ता अझै पनि नलागेको उनका आफन्त चुडा केसीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *