गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्रको अन्तरक्रिया तथा भेला सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ असार २९ । गलकोट सामुदायिक सेबा केन्द्रको आयोजनामा गलकोट नगर्पालीका वाड नं ५ मा आज महिला शशक्तिकरण, नेतृत्व बिकास तथा न्यायमा महिलाको पहुच बिषयमा छलफल तथा भेला सम्पन्न भएको हो । भेलाले गलकोट नगरपालिकाका र ताराखोला गाँंउपालीकाका महिलाको लागी महिला सशक्तिकरण, नेतृत्व बिकास तथा न्यायमा पहुच को बिषयमा गलकोट नगरपालीका र तारा गाँउपालीकाले आर्थिक बर्ष २०७४ ०७५को निति तथा कार्यक्रममा प्रस्ताबना समाबेश गर्न अनुरोध गर्ने निर्णय गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै गलकोट नगरपालीका तथा ताराखोला गाँउपालिका ३ ओटा निर्वाचन क्षेत्रमा बिभाजित भएको अबस्थामा तिन ओटै निर्वाचन क्षेत्र बिकासको कार्यक्रममा गलकोट नगरपालिकालाई लागु औषध तथा दुब्र्यशन नियन्त्रण सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमको माग गर्ने निर्णय गरिएको छ ।

पछिल्लो समय गलकोट क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको पाइएकोले जनचेतनामुलक कार्यक्रमको अबाश्यकता रहेको केन्द्रका सदस्य ललित श्रीसले जानकारी दिए । केन्द्र रहेको सम्बन्धीत वाड अध्यक्ष जनप्रतिनिधी मध्येबाट नारायणध्बज मल्ल,सम्बन्धीत ईलाका प्रहरी प्रमुख अर्जुनध्वज अधिकारी र स्थानिय प्रशासन गलकोट नगरपालीका कार्यकारी अधिकृत प्रदिप चन्द सुबेदीलाई केन्द्रको बिधानमा ब्यबस्था भए बमोजीमका पदेन सदस्यमा रहेको जानकारी गराँउने निर्णय गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै भेलाले ११ सदस्यीय समिति रहेको केन्द्रको रिक्त पदमा योगेस भण्डारी, ओम बहादुर सुनार, खगी श्रीसलाई समाबेश गरको केन्द्रकी सदस्य सुनमाया ढाकालले जानकारी दिईन् ।
केन्द्रले गलकोट नगरपालिकाका नगर प्रमुख र उपप्रमुख, तथा ११ ओटा वाडका बाड अध्यक्षहरु तराखोला गाउापालीकाका प्रमुख तथा उपप्रमुख तथा ५ ओटै बाडका बाड अध्यक्षलाई सल्लाहकार सदस्यमा समाबेस गरिएको जानकारी गराउने निर्णय गरेको केन्द्रका सदस्य छम बहादुर खत्रीले बताए । अन्तरक्रिया तथा छलफल गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता र सचिब गणेश बबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *