सञ्चारकर्मी निउरे व्दारा अनाथ बालबालिकालाई स्टेशनरी हस्तान्तरण

घनश्याम गौतम गल्कोट २०७४ असार २८ । सञ्चारकर्मी मन्दीप निउरेले २ जना अनाथ बालबालिकालाई स्टेशनरी सहयोग गरेका छन् । निउरेले आफ्नो जन्मदिनको अबसरमा गलकोट नगरपालिका बाड नं ३ बोहोराफाँटका अनाथ बालबालिका १३ बर्षका नबिन बोहोरा र १५ बर्षकी बबिता बोहोरालाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेर आफनो दिन मनाएका हुन।

जिवन आधारभुत बिद्यालय गलकोट नगरपालीका वाड ३ मा नबिन बोहराले कक्षा ६ र बबिता बोहोराले कक्षा ७ मा अध्ययन गदै आएका छन् । गलकोट नगरपालिका वाड ं ३ को कार्यालयमा भएको स्टेशनरी हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी मन्दीप निउरेले आफ्नो जन्मदिनको अबसरमा गरिने अन्य फजुल खर्च कटाएर अनाथ बालबालिकालाई सहयोग गरेको बताए। निउरेले पारिवारिक तथा आर्थिक अबस्था कमजोर भएका बालबालीकाको शिक्षामा सहजता मिलोस भन्दै स्टेशनरी हस्तान्तरण गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा गनपा ३ का वाड अध्यक्ष वीरजंग भण्डारीले जन्मदिन लगाएतका अबसरमा मन्दीप निउरेले मात्र नभएर अनाथ बालबालिकाको लागी स्बस्थ्य, शिक्षा लगाएतका सहयोगमा सबैले हातेमालो गर्नुपर्ने बताए। आज देखी २१ औ बर्षमा प्रेवेश गरेका बिउरे बिगत २ बर्षदेखी सञ्चार क्षेत्रमा आबद्ध छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *