जिल्ला वन कार्यालय गुल्मीद्धारा सामुदायिक रेडियो पुष्पाञ्जली सम्मानित

अनिश शर्मा गैरे, गुल्मी वामी टक्सार २०७४ असार २८ । जिल्ला वन कार्यालय गुल्मीले सामुदायिक रेडियो पुष्पाञ्जलीलाइ पुरस्कृत गरेको छ । वन डढेलो नियन्त्रण गर्न जनचेतना मुलक सामाग्रीहरु प्रदर्शन गरी जनतालाइ सुसुचित गरेको भन्दै वन कार्यालयले सामुदायिक रेडियो पुष्पाञ्जलीलाइ सम्मानित गरेको हो ।

सदरमुकाम तम्घासमा स्थित कार्यालय परिसरमा गरीएको एक कार्यक्रमका बिच रेडियोलाइ सम्मान गरीएको हो । सामुदायिक रेडियो पुष्पाञ्जली सँगै अन्य मिडियाहरु पनि सम्मानित भएका छन । रेडियोको अलवा पत्रकार महासँघ गुल्मी पनि पुरस्कृत भएको छ ।

वन कार्यालयले आगामी दिनमा पनि यस्तै कार्यहरु गरी जनतामा चेतना भर्ने काम गर्न सुझाब पनि दिएको छ । पुरस्कृत भएका रेडियोहरुलाइ सम्मान पत्र सहित नगद पनि हस्तान्तरण गरीएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *