आपत स्मृति दिवस : समाज रुपान्तरणमा राम्जालीले पुराएको योगदानको स्मरण

सुमन सुनार, बुर्तिबाङ २०७४ असार २८ । सामुदायिक रेडियो परिवर्तनले आज चौँथो आपत स्मृति दिवश मनाएको छ । स्वर्गिय पत्रकार आपत राम्जालीको चौँथो स्मृति दिवशको अवसरमा बोल्दै रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले पत्रकारिता क्षेत्र समाजको पहरेदार भएकोले रेडियोका कर्मचारीहरुलाई सिर्जनशील र संयमित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

उनले रेडियो स्थापनाकालका समाचार सहायकको रुपमा कार्यरत आपत राम्जालीले समाजमा प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई कार्यक्रम तथा समाचारको माध्यमबाट प्रशारण गरी समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याएको स्मरण गदैए स्वर्गिय पत्रकार रामजालीसँग भएका सिर्जनशीलता, अनुशासन, कर्तव्यनिष्ठा तथा मिहेनत जस्ता गुणहरु अरु सञ्चारकर्मीहरुसँग पनि हुनुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै रेडियो परिवर्तनका स्टेसन कोअर्डिनेटर प्रशान्त घर्तिमगरले आपत रामजालीसँग सहकर्मी भएर काम गर्दा आफुले धेरै कुराहरु सिकेको बताए । कार्यक्रममा रेडियो परिवर्तनमा कार्यरत कर्मचारीहरु तथा जनसंचार सहकारी संस्था लिमिटेडका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

रेडियो परिवर्तनमा समाचार सहायकको रुपमा कार्यरत आपत रामजालीलाई रक्तक्यान्सर भएपछि उहाँलाई बचाउन रेडियो परिवर्तनले पत्रकार आपत बचाउ अभियान सञ्चालन गरी डेढ लाख रुपैँया संकलन गरी परिवारलाई हस्तान्तरण गरेको थियो । तर उपचारकै क्रममा रामजालीको भरतपुर क्यान्सर अस्पतालमा निधन भएको थियो ।

निधनपछि पनि उहाँको स्मृति र सम्मानमा रेडियोले हरेक बर्ष पत्रकार आपत रामजाली स्मृति पत्रकारिता पुरस्कारबाट एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । रेडियोको पत्येक बार्षिक उत्सवको अवसरमा प्रदान गरिने उक्त पुरस्कारबाट यो बर्ष रेडियोको छैठौँ बार्षिक उत्सवको अवसरमा रेडियो परिवर्तनका संवाददाता ढालेन्द्र हमाललाई सम्मान गरिएको थियो । विगतका बर्षहरुमा उक्त पुरस्कारबाट ढोरपाटन राष्ट्रिय दैनिक, बागलुङका कार्यकारी सम्पादक रामकृष्ण बोहरा र नेपाल टेलिभिजनका गुल्मी संवाददाता तथा नेपाल पत्रकार महासंघ, गुल्मी शाखाका कोषाध्यक्ष अनिल खत्रीलाई सम्मान गरिएको थियो ।

आजको स्मृति दिवस कार्यक्रम रेडियोका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता र रेडियोका प्राविधिक सुरेन्द्र पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *