बागलुङ बजारमा १२ दिवसीय खेलकुद, सांस्कृतिक एवंं तीज महोत्सवको आयोजना गरिदै !

कोपिला कंडेल, बागलुङ २०७४ असार २८ । जिल्ला खेलकुद बिकास समिति र जिल्ला भलिबल सघं बागलुङको संयुक्त आयोजनामा बागलुङमा खेलकुद सांस्कृतिक एबं तीज महोत्सव हुने भएको छ । जिल्ला खेलकुद बिकास समितिले आज बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आगामी साउन २० गते देखी ३१ गते सम्म खेलकूद, सांस्कृतिक एबं तीज महोत्सव हुने जनाएकोे हो ।

महोत्सवमा पुरुष एबं महिला भलिबल प्रतियोगिता, खुल्ला डान्स, तीजीगित प्रतियोगिता, स्थानिय एबं राष्ट्रिय कलाकारको प्रस्त्ति लगायतका कार्यक्रम रहेको जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारले जानकारी दिए । महिला भलिबल खुल्ला र पुरुष भलिबल स्थानिय संघिय संरचना अनुसार हुने अध्यक्ष परियारले बताए ।

पुरुष भलिबलको लागि प्रथम पुरस्कार १ लाख ३५ हजार व्दितिय पुरस्कार ८८ हजार ८ सय ८८ र तृतिय र सान्त्वना पुरस्कार २०, २० हजार रहेको आयोजकले बताएका छन् ।

त्यसैगरी महिला भलिबलको प्रथम पुरस्कार ५० हजार द्धितिय पुरस्कार ३० हजार र तृतिय र सान्त्वना पुरस्कार १०, १० हजार रहेको आयोजकले जनाएका छन् । महोत्सवमा रमाईलो मेला प्रदर्शनीको समेत व्यवस्था गरिएको छ ।

महोत्सवमा १० वटा होटल रेष्टुरेण्ट सहित बिभिन्न १ सय ५० वटा ब्याव्सायीक स्टल रहने आयोजक समितिका सदस्य एबं संचारकर्मी हस्त केसी जलनले जानकारी दिए । कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धन बहादुर परियारको अध्यक्षता र सदस्य एबं संचारकर्मी हस्त केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *