पहिरोले सडक अवरुद्ध हुदा यात्रुहरु मर्कामा

डम्मर बुढा मगर बुर्तिवाङ २०७४ असार २७ । बर्खायाम सुरु भए संगै जिल्लाको विभिन्न सडक खण्डहरुमा पहिरोले सडकहरु अवरुद्ध गराउँदा यात्रुहरुले सास्ती खेप्नुको छ ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेकको बुर्तिबाङ देखि स्थानिय क्षेत्र निसी,भुजी,तमान र अन्य क्षेत्र बागलुङ, बुटवल, पोखरा हुदै काठमाडौ चल्ने सडकका विभिन्न स्थानमा पहिरो खस्दा यातायातका साधानहरु बिच बिचमा फेरेर आफ्नो गन्तब्यमा पुग्नु पर्ने बाध्यता छ ।

यात्रा गर्दा यात्रुहरुबाट बिच बिचमा मनपरी भाडा उठाएको यात्रुहरुको गुनासो छ । कतिपय सडकमा पैदल यात्रा गर्न नसकिने भएको छ । त्यस्तै बुर्तिबाङ देखि बाग्लुङ,बुटवल,पोखरा हुदै काठमाण्डौ चल्ने सडकको न्वार भन्ने स्थानमा समयमै पुल बनाएर भ्याइ नसक्दा गाडि फेरेर यात्रा गर्ने बाध्यता भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *