सन्चारमाध्यम माथि विषवमन गररे स्थाविअले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको त होईन ?

बागलुङ २०७४ असार २६ । जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले आज असार २६ एक प्रेस विज्ञप्त प्रकाशित गरी इबागलुङ डट कममा प्रकाशित एकपाटा, दोबिल्ला, सुल्डाँडा, जिरदी, मुलाबारी, बागथला, देउराली सडक निर्माणमा अनियमितता भयो भनि प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

स्थाविअ आचार्यले विज्ञप्तीमा कसैको व्यक्तिगत इच्छा, आकांक्षा र आरोपका आधारमा सत्य तथ्य बुझने प्रयास समेत नगरी एकपक्षीय कपोल कल्पित र भ्रामक समाचार सम्प्रेषण गरी सार्वजनिक निकाय र कर्मचारीको चरित्र हत्या गर्ने प्रयास भएकोमा कार्यालय दु:ख व्यक्त गर्दछ भनेका छन् ।

त्यस्तै ईन्जिनियर नवकुमार थापाले पनि आजै एक प्रेस खण्डन प्रकाशित गरी समाचारको स्थाविअज्यूले जस्तै आफना भनाई सार्वजनिक गरेका छन् ।

प्रकाशित समाचारमा इबागलुङले कसैको चरित्र हत्या गर्न खोजेको छैन, विना आधार र श्रोत कसैको चरित्रहत्या गर्नेकाम सन्चारमाध्यमले गर्दैनन् । सन्चारमाध्यमले कपोलकल्पित समाचार सम्प्रेषणगरी स्थाविअ र इन्जिनियरको चरित्र हत्या गर्ने प्रयोजन पनि छैन, त्यस्तो कार्य गरिएको पनि छैन । प्रकाशित समाचारको त्यो उद्देश्य पनि होईन ।

नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति एवं पाला दोबिल्ला बिहुं मोटरबाटो तथा पुल निर्माण समिति काठेखोला ६ बागलुङका पुर्व अध्यक्ष जब्बर बहादुर लामिछानेले २०७४ साल असार २५ गते एक प्रेस विज्ञप्ती प्रकाशित गरी व्यक्त गरिएका विचारहरुलाई इबागलुङले प्रकाशित गरेको हो भन्ने बास्तविकता संग स्थाविअज्यू भलिभाँति परिचित हुँदा हुँदै पनि आज उहाँले प्रकाशित गरेको प्रेस विज्ञप्तीमा जब्बरबहादुर लामिछानेले प्रकाशित गरेको विज्ञप्तीका बारेमा चूँ सम्म नबोल्नुले नै स्थाविअज्यको नियत स्पष्ट भएको छ । दर्जनौ सन्चार माध्यमहरुमा प्रकाशित भएको यो समाचारलाई केबल इबागलुङ डट कमको मात्र नाम किटान गर्नु स्थाविअज्यूको इबागलुङ प्रति पूर्वाग्रह मात्र नभएर दूराग्रह हो भन्ने स्वत: प्रमाणित भएको छ ।

स्थाविअ जस्तो जिम्मेवार व्यक्तिले कुन र के आधारमा समाचार सम्प्रेषण गरेको छ भन्ने बास्तविकतालाई बुझपचाएर सन्चारमाध्यमप्रति विषवमन गर्नु स्वयंमा उचित हुँदैन ।

समाचारको श्रोत त, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति एवं पाला दोबिल्ला बिहुं मोटरबाटो तथा पुल निर्माण समिति काठेखोला ६ बागलुङका पुर्व अध्यक्ष जब्बर बहादुर लामिछानेले २०७४ साल असार २५ गते प्रकाशित गरेको प्रेस विज्ञप्ती नै छ, त्यसलाई आफनो प्रेस विज्ञप्तीमा उल्लेखै नगरी पत्रकार र सन्चारमाध्यमप्रति चरित्र हत्या गर्न खोजेको कपोलकल्पित आरोप लगाउनु सर्वथा उपयुक्त होईन । स्थाविअज्यूले प्रकाशित गरेको विज्ञप्तीको आसय कतै नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको त होईन ?

जब्बर बहादुर लामिछानेको प्रेस विज्ञप्ती:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.