हटियाको सेराबजारमा ट्याक्सी र ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना

घनश्याम गौतम, गल्कोट २०७४ असार २६ । गल्कोट नगरपालीका बाड नं ३ हटिया बजार नजिकै सेराबजारमा आज ट्याक्सी र ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरी चौकी हटियाले जनाएको छ ।

हटिया बजारबाट हरिचौर तर्फ जादै गरेको लु २ च ४३५९ नम्बरको ट्याक्टर र बि एण्ड बि चोकबाट हटिया जिपपार्क आउदै गरेको ट्याक्सी सेराबजारमा आपसमा करिब ४ बजेको समयमा ठोक्कीएको बताइएको छ ।

दुर्घटनाबाट ट्याक्सीको अगाडिको भागमा क्षति भएको स्थानियले बताएका छन् । ट्याक्सी र ट्याक्टर साबरी संगै चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी चौकी हटियाका ट्राफिक प्रहरी हवल्दार महेन्द्र बहादुर खत्रीले जानकारि दिए ।

यस अघि साही ठाउ नजिक शनिबार राति पिकअप जिप दुर्घटना भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *