बडीगाड खोलामा फेला परेको यो शव, कहाँ कि महिलाको होला ? हत्या गरी फालिएको आशंका !

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ असार २६ । बडीगाड गाउपालिका- २ खारापानी खर्वाङ बजार नजिकै बडीगाड खोलामा आज विहान देखिएको बेवारिसे महिलाको शव बाहिर निकालिएको छ । विहान स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको टोली र खर्वाङ प्रहरीको संयुक्त प्रयासमा केहि समय अघि अपरिचित महिलाको शव खोलाबाट बाहिर निकालीएको हो ।

महिलाको शवको पहिचान हुन सकेको छैन । बडीगाड खोलाले माथीबाट बगाउदै ल्याएको अर्धवैंसे महिलाको शव हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ । मृतक महिलाको निधारमा चोट लागेको देखिन्छ ।

महिलाको शवको पहिचानका लाग प्रहरीले खोजखबर गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *