बडीगाड खोला किनारमा बेबारिसे महिलाको शव

बिमल खड्का, बागलुङ (खर्वाङ) २०७४ असार २६ । बडीगाड खोलाको किनारमा एक महिलाको शव बेवारिसे अबस्थामा फेला फरेको छ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका(२ खारापानी नजिकै बडीगाड खोलाको मा आज विहान शब देखिएको हो । शव नदिमै भएकाे र बहाव नघटेसम्म निकाल्न र पहिचान गर्न नसकेको खर्बाङ प्रहरीले जनाएको छ।

खोलामा पानीको बहाव बढेका कारण शव बाहिर निकालन कठिन भईरहेको प्रहरी चौकी खर्वाङका प्रहरी नायब निरीक्षक भोज बहादुर बानियाले जानकारी दिए ।

शव अन्दाजी ३४/३५ बर्षको महिलाको रहेको र खोलाले माथीबाट बगाउदै ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *