अवरुद्ध बुर्तिबाङ-ढोरपाटन सडकखण्ड सुचारु गर्न ढोरपाटन नगरपालिकाव्दारा पहल सुरु !

सुमन सुनार, बुर्तिबाङ २०७४ असार २५ । ढोरपाटन नगरपालिकाको सक्रियतामा अविरल बर्षासँगैको बाढीले अबरुद्ध बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक खुलाउने काम अघि बढाइएको छ ।

आउँदै गरेको जनैपूर्णिमाको अवसरमा ढोरपाटनमा रहेको ऐतिहाँसिक धार्मिक स्थल ढोरबराहमा पुजाआजा गर्न आउने तिर्थयात्रीहरु सहज रुपले ढोरपाटन पुग्नेगरी सडक सुचारुको काम अघि बढाइएको नगरप्रमुख देवकुमार नेपालीले बताए । नगरपालिकाको पहिचान बोकेको ढोरपाटन तथा आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सडककै कारण आवतजावतमा कुनै पनि समस्या नरहने समेत उनले बताए ।

त्यो सँगै सडक अबरुद्ध हुँदा नगरपालिकाका बोबाङ तथा अधिकारीचौरका बासिन्दाहरुको जनजीवन असहज भएको भन्दै जनताले महसूस गर्ने गरी सडक सुचारु गर्ने कामलाई अघि बढाइएको नगरप्रमुख नेपालीको भनाई थियो । गत शुक्रबारबाट २ वटा डोजर लगाएर पहिरो खसेको विभिन्न ठाउँहरुमा बाटो सफा गर्ने काम भैरहेको बताइएको छ ।

केही दिन अघिको अबिरल बर्षासँगै बुर्तिबाङ—ढोरपाटन सडकखण्डमा पहिरो खसेर यातायातका साधन पूर्ण रुपमा बन्द भएका छन् । यातायातका साधनहरु नचल्दा दुर्गम क्षेत्रका नगरबासीहरु दैनिक उपभोग्य सामाग्री किन्न तथा सरकारी कार्यालयहरु बाट सेवा लिन आउनलाई हैरानी बेहोर्नुपर्ने अवस्था छ । पैदलयात्रुहरु समेत जोखिनपूर्ण तरिकाले यात्रा गर्नुपरको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *